व्यापारमा श्रीमानको साथ


नेपालगन्ज : श्रीमान कबिराम बुढाथोकी
स्वास्थ्यकर्मी । सरकारी जागिरे भएका कारण उनी आफ्नो काममा निकै व्यस्त रहनुपर्ने । मिना डाँगीले घर व्यवहार सम्हाल्नुपर्ने । अनि व्यवसायी कसरी अगाडी बढ्यो होला त ? धेरै जसो श्रीमान श्रीमती यस्तै घरायासी उल्झनमा अल्झिएका हुन्छन् । अझ महिलाहरु त त्यही उल्झनमा चुल्हो चुकोमै सीमित भएका थुप्रै उदाहरण छन् । तर नत मिना चुल्हो चुकोमै सिमित हुन चाहिन नत श्रीमान कबिरामले त्यो नै चाहिए । दुबै जनताको हातेमालोले व्यवसाय राम्रै गरी चलेको छ ।
कार्यालयको काममा गएका बेला मिनाले व्यवसाय सम्हाल्ने गरेकी छन । बजार बिस्तारका लागि आफै स्कुटर हुईक्याएर दोडिएको देख्न पाईन्छ । मिनाले अहिले सन्जाल गार्मेन्ट उद्योग र मानसरोवर टेड एण्ड स्टेशनरी अर्डर सप्लायर्स हाकिरहेकी छन् । उनको गार्मेन्ट उद्योगले त सुत्केरी महिला र शिशुका लागि उपयुक्त हुने कपडाहरु उत्पादन गरिरहेको छ । कामको चापले फुर्सद पाउन मुस्किल छ । मिना सानैबाट केही गर्नुपर्छ सोच्ने गर्छिन । एसएलसी दिएपछि गाउँमै उनले गैरसरकारी संस्थामा आवद्ध भएर काम गरेकी थिईन । लगत्तै बिहे भयो । औषधी पसल चलाए । बालबच्चा भएपछि पनि उनीहरुले समय मिलाएर दुबै जनाको सहकार्यमा व्यवसाय सुरु गरे । समस्या आएपनि त्यसलाई समाधान गर्दै व्यवसाय गरेको उनले बताईन ।
‘समस्या त हुन्छन । तर त्यसको समाधानको उपाय खोजेर अघि बढ्ने हो । हामी दुबै जनाले त्यही गरेका हौं । श्रीमान श्रीमती मिल्ने हो भने एउटा सुःखी र शुन्दर परिवार बनाउ सकिन्छ ।’– डाँगीले भनिन् । उनले महिला केही बन्ने नबनेमा जीवन साथीको महत्वपूर्ण भुमिका हुने बताईन ।

प्रकाशित मितिः     २ मंसिर २०७५, आईतवार ०९:५३  |