काम गर्नेलाई उमेरले छेक्दैन


७४ वर्षिया सुशिलाले  सबैभन्दा ठुलो मध्ये एक भेरी सहकारी वित्तिय संस्था लिमिटेडको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेकी छन् । यति ठुलो बित्तिय संस्थाको नेतृत्व गरिरहेकी शर्माले साठ्ठी काटे बुढेसकाल लाग्यो भन्नेहरुलाई चुनौतीदिएकी छन् । उनी भन्छिन्,‘ खाने मुखलाई जुंगाले छेक्दैन । काम गर्नेलाई उमेर छेक्दैन ।’

बाँके : उमेरले ७४ वर्ष । सरकारी
सेवाबाट निवृत । नपुग्दो केही थिएन । चाहेको भए घरमै बसेर सुशिला शर्मा आरामसंग ‘बुढेसकाल’ बिताउन सक्थिन । अह् ! उनलाई बुढेसकालले फिटिक्कै छोएन । ‘ टिनएजर’ जस्तै छिन् । काम गर्ने जोश र जाँगरमा कुनै कमी छैन् । होे, यिनै ७४ वर्षिया सुशिलाले सीमित बित्तिय अधिकार पाएको नेपालगन्जकै सबैभन्दा ठुलो मध्ये एक भेरी सहकारी वित्तिय संस्था लिमिटेडको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेकी छन् । यति ठुलो बित्तिय संस्थाको नेतृत्व गरिरहेकी शर्माले साठ्ठी काटे बुढेसकाल लाग्यो भन्नेहरुलाई चुनौतीदिएकी छन् । उनी भन्छिन्,‘ खाने मुखलाई जुंगाले छेक्दैन । काम गर्नेलाई उमेर छेक्दैन ।’ भेरी सहकारीमा ३८ सय बढि शेयर सदस्य छन् । २२ करोड त निक्षेप नै छ । २५ करोडकर्जा प्रवाहभएको छ । धेरै कर्मचारी कार्यरत छन् । यसैको कामको लागि सुशिला दिनरात खटिन्छन् । योे सहकारीको सफलताको उनको भुमिका महत्वपूर्ण हुने नै भयो । कामकाजमा कुनै कमी आउन दिएकी छैनन्, उनले । हामीले उनलाई सोध्यौ, बुढेसकाल कहिले लाग्छ ? उनको जबाफ सीमित थियो,–‘खै ?’
भैरहवामा ब्रहमाण परिवारमा जन्मिईन सुशिला । पढाई लेखाईमा माईतमा सबै अब्बल नै थिए । दाजुहरु वनारस गएर पढे । तर उनलाई त्यही परिवारमा पनि पढ््न समस्या झेल्नुपरेको थियो । छोरीलाई पढाउनु हुन्न् भन्ने समाजिक सोंचले उनको परिवारमा नछुने कुरै भएन । कक्षा आठसम्म पढेपछि १६ वर्षको उमेरमै बिहे भयो । पढाई छुट्यो । बिहे भएपछि पनि पढ्ने दृडता लिईन सुशिलाले । बुवालाई सिधै भनिन्, पढाउने की नपढाउने ? बिद्रोही स्वभावकी सुशिलाको अगाडी बुवा, आमा र श्रीमान कसैको केहीलागेन् । श्रीमान, माईतीपक्षको पछि सहयोग पाएपछि वनारस गएर पढ््ने अवसर पाईन । पढाई सकेपछि शिक्षण पेशामा आवद्ध भईन । २०२३ सालबाट सुरु भएको शिक्षक पेशाबाट उनले २०६४ सालमा सेवानिवृत भईन । पेन्सन आउथ्यो । नातीनातिनासंग बुढेसकाल काट्न सक्थिन उनी । परिवार सदस्यले त्यसै गर्न सुझाव नदिएका पनि होइनन् । तर बुुढेसकाललाई मनबाट भगाउने प्रण गरिसकेकी सुशिलाले कसैको कुरा मानिन् । भेरी सहकारी सदस्यभईन । केही समयपछि सबैले बिश्वास गरेर कार्यकारी निर्देशकको जिम्मेवारी दिए । आठ वर्षदेखि निरन्तर उनी वित्तिय व्यवस्थापनको योजना बुन्दै सहकारी हाकिरहेकी छन् ।
‘समाजले त महिलालाई सजिलै अघि बढ््नै दिन्न् । तर के त्यसो छ भन्दै हामी चुपलागेर बस्ने हो ?होइन बिद्रोही बनेर अघि बढ््ने हो । सफलता हातमा अवश्य आउँछ ।’– अन्य महिलाहरुलाई सुशिला सुझाव दिदै भन्छिन्,–‘ सबै भन्दा पहिले आफुमा केही गर्नुपर्छ भन्ने अठोट बनाउनु पर्छ ।’ अध्यात्मबाट प्रेरित सुशिला नियमित लेख लेख्ने गर्छिन । यतिकाजांगर कसरी आउँछ ?उनी भन्छिन्् ‘ इश्र्वरको आर्शिबाद हो की ? ’

प्रकाशित मितिः     ४ मंसिर २०७५, मंगलवार २०:१५  |