यूवा सहकारीकर्मीको ७ बुंदे साझा प्रतिबद्धतापत्र जारी


बाँके : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजना र विभिन्न सदस्य संघ संस्था तथा निकायको सहकार्यमा “सहकारी र उद्यमी यूवाहरु मार्फत समृद्ध राष्ट्र निर्माण” भन्ने नारा सहित बुधवार ननेपालगञ्जमा आयोजित प्रदेश स्तरीय सहकारी युवा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले युवाशक्तिलाई सहकारी अभियानमा आवद्ध गराउँदै उद्यमशिलताको विकास गरी “समृद्ध नेपाल, सुखी नेपाली” राष्ट्रिय नारालाई साकार बनाउनमा महत्वपूर्ण योगदान पुग्ने विषयमा विश्वस्त हँुदै साकोसमार्पmत गरीवी न्यूनीकरण, सामाजिक एकता एवम् सद्भाव र स्वरोजगारी सिर्जना गरी समृद्ध, स्वावलम्वी र आत्मनिर्भर मुलुक निर्माणका लागि क्रियाशिल हुने उच्च संकल्प सहित सात बुँदे साझा प्रतिवद्धता पत्र जारी गरिएको छ ।
प्रतिबद्धता यसप्रकार छ,
१. प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका सदस्य संस्थाहरुको संयुक्त पहलमा सम्पन्न प्रदेशस्तरीय युवा सम्मेलनको मार्गदर्शन अनुरुप सदस्य संस्था, नेफ्स्कून, सम्बन्धित निकाय (पालिका, प्रदेश र संघ)को संयुक्त सहभागितामा साकोस मार्फत उद्यमशिलता समाधान विधि र उद्यम विकास निर्देशिका तयार गरी कार्यान्वयन गर्न प्रतिवद्ध व्यक्त गर्दछौं ।
२. स्थानीय स्तरमा नै सहकारी मार्फत स्थानीय श्रोत, साधनको उपयोग गर्दै युवा लक्षित रोजगारी, उत्पादन वृद्धि र बजारीकरणका कार्यक्रम मार्फत सम्बन्धित निकायसँग सहकार्य गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
३. आ–आफ्ना संस्थाहरुमा युवा सदस्य अभिवृद्धिका लागि युवा उपसमिति गठन गरी रणनीतिक योजना सहित आगामी पाँच वर्ष भित्र कुल सदस्यको ३०% युवा सदस्य र नेतृत्व तहमा २०% युवा सहभागिता सुनिश्चितताको लागि नीतिगत व्यवस्था गर्न प्रतिवद्ध छौं ।
४. प्रदेश नं.५, कर्णाली प्रदेश र सुदुरपश्चिम तीनवटै प्रदेशको पारस्परिक समन्वयमा तीन तीन वटा साकोसमैत्री पालिका (गाउँ÷नगर÷ उपमहानगर÷महानगर) छनौट गरी युवा सहभागिता र उद्यमशिलता नमुना साकोस कार्यक्रम लागु गर्न प्रतिवद्ध छौं ।
५. साकोसको वार्षिक योजनामा वित्तीय साक्षरता २५% र उद्यमशिलता विकास १०% तालिमको योजना समावेश गरी कुल सञ्चालन खर्चको कम्तिमा दुई प्रतिशत खर्च युवा उद्यमशीलता विकासका क्षेत्रमा प्रयोग गर्न प्रतिवद्ध छौं ।
६. साकोस मार्फत लगानी गरिने कुल ऋण लगानीको कम्तिमा २५% प्रतिशत रकम युवा उद्यमशिलता कार्यक्रम मार्फत परिचालन गर्न प्रतिवद्ध छौं ।
७. प्रदेश नं.५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका हामी सहभागी साकोस मार्फत आगामी पाँच वर्ष भित्र साकोसमा आवद्ध युवा सदस्यहरुको २% उद्यमी निर्माण गर्न प्रतिवद्ध छौं ।

प्रकाशित मितिः     ५ मंसिर २०७५, बुधबार २०:३१  |