कोहलपुरमा कर सम्बन्धित अन्तरक्रिया


बाँके : बाँकेको कोहलपुरमा सातौं राष्ट्रिय कर दिवस र कर सप्ताह २०७५ सम्बन्धी कर विषयक अन्र्तक्रिया सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको आयोजना तथा कोहलपुर उद्योग वाणिज्य संघको समन्वयमा बुधबार एक दिने कर विषयक अन्र्तक्रिया सम्पन्न भएको हो । अन्तरक्रियामा बोल्दै आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत प्रकाश पौडेलले कर तिर्नु सवैको दायित्व रहेको बताउँदै करबाट नै राज्य चल्ने भएकाले करको प्रकृयामा आउन सवै उद्योगी व्यवसायिहरुलाई अनुरोध गरे ।
आर्थिक विकासमा उद्योगि व्यापारीको महत्वपूर्ण योगदान रहेको भन्दै उनले राज्यले व्यापारी माथि उचित कर लगाउनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य प्रदेश ५ का सदस्य नरेन्द्र शर्माले व्यापारीमाथि लगाईने करका सम्बन्धमा राज्यको स्पष्ट नीति हुन आवश्यक रहेको बताए । राज्यले उद्योगि व्यापारीहरुलाई विभिन्न करका नाममा दुःख दिने गरेको बताउँदै कर सम्बन्धी स्पष्ट नीति लिन उनले अनुरोध गरे । कार्यक्रममा कोहलपुर क्षेत्रमा व्यापार व्यवसायी गर्दै आईरहेका व्यापारीले घरवाहाल घरसम्बन्धी समस्या भईरहेको बताएका छन् । घरवाहाल कर घरधनीले नै तिर्नुपर्ने निती बनाउन राज्यसँग माग गरे ।

प्रकाशित मितिः     ५ मंसिर २०७५, बुधबार २०:५४  |