स्वर्गीय पत्रकार सिद्धिकीप्रति बिभिन्न क्षेत्रबाट श्रद्धाञ्जली


बाँके : नेपालगन्जका अग्रज पत्रकार रहिस अहमद सिद्दिकीको निधनप्रति बिभिन्न क्षेत्रका अगुवाहरुले श्रद्धान्जली व्यक्त गरेका छन् । सिद्धिकीको निधनाप्रति श्रद्धान्जली व्यक्त गर्दै उनीहरुले उनको सदैब स्मरण भइरहने बताए ।
नेपालगन्ज उपमहागरपालिका–४ गणेशपर निवासी ५६ बर्षिय सिद्दिकीको उपचारका क्रममा बुधवार राती नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा निधन भएको थियो । उनी लामो समय अस्वस्थ थिए । उनको उपचार भारतको लखनउ, काठमाडौ र नेपालगन्ज मै चली रहे पनि रोग निको हुन सकेको थिएन । समय अधिकार दैनिकका सम्पादक र प्रकाशक सिद्दिकी लामो समयदेखि मृगौला रोगबाट पीडित थिए । करिव दुई दशकदेखि क्रियाशिल पत्रकार सिद्दिकी दारुलउलूम फैजुन्नबी जामा मस्जिद तथा ईदगाह सञ्चालक समितिको अध्यक्ष समेत रहेका थिए ।
पत्रकार सिद्धिकीको निधन प्रति शहरी विकास मन्त्री एवं बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सांसद ईस्तियाक राईले श्रद्धान्जली व्यक्त गरेका छन् । त्यसैगरी नेकपाका केन्द्रीय सदस्य मोहमद हारुनले सिद्धिकीको निधनले पत्रकार र समाजक्षेत्रमा सक्रिय व्यक्तित्वको गुमाएको बताए । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का महासचिव भेषराज बस्नेत, बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारु लगायत पत्रकार, कानुन व्यवसायी, नागरिक समाज र राजनीतिक दलका अगुवाहरुले सिद्धिकीप्रति श्रद्धान्जली व्यक्त गरको छन् । सिद्दिकीको दिउँसो मुस्लिम परम्परा अनुसार नेपालगन्जको कब्रस्तानमा अन्तिम संस्कार गरिने तयारी भएको छ ।

प्रकाशित मितिः     ६ मंसिर २०७५, बिहीबार १२:५७  |