बानियाभारमा कृषि क्याम्पस


विजनेश संवाददाता
बा“के, ः बाँकेको बैजनाथ गाउँपालिका बानियाभारमा रहेको गोरखा पोलिटेक्निकल कलेज एण्ड
रिसर्ज सेन्टरको स्नातक तह
( बिएससी कृषि) मा सम्बन्ध प्राप्त गरेपछि उक्त क्षेत्रमा उत्साह थपिएको छ ।
मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज
गरेका कृषि र वनका आठ निजी क्याम्पसले विद्यार्थी पढाउने भएका छन् । त्यसमा गोरखा पनि पर्छ । गाउ“कै बिएससी एजि पढाई हुने कलेज स्थापना भएपछि सबैजना उत्साहित भएको बानियाभरका स्थानीय—बासिन्दा उत्तम वलीले बताए । उनले पढाई मात्र नभई रोजगारी समेत सिर्जना भएकाने बताउ“दै भने,—‘हामी कृषि क्याम्पस स्थापनाको कुराले निकै उत्साहित छौं । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्व—विद्यालयले आङ्गिकसहित सम्बन्धन दिएका आठ निजी क्याम्पसमा समेत भर्ना लिने गरी कृषि र वन स्नातक तहको भर्ना खुला गरेको हो ।
विश्वविद्यालयले आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेका थिए । त्यही दबाबमा मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गर्ने निर्णय गरेकाले सम्बन्धन पाएका निजी क्याम्पस सर्वोच्च अदालत पुगेका थिए । उक्त अदालतले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नु र नगराउनु भन्ने अन्तरिम आदेश जारी
गरेसंगै विश्वविद्यालयलाई भर्ना खुला गर्ने बाटो फुकुवा भएको विश्वविद्यालयका कानूनी सल्लाहकार टङ्कप्रसाद दुलालले बताए ।
विद्यार्थीले सम्बन्धन दिने निर्णय विरुद्ध रिट निवेदन दायर गरे पनि अदालतले
अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश दिएको थियो । विश्वविद्यालयको कृषि सङ्काय अन्तर्गतको डिनको कार्यालयले आजदेखि मङ्सिर १७ गतेसम्म अनलाइनमार्फत् भर्ना फाराम खोलेको छ । वनको मङ्सिर २२ गते र कृषिको मङ्सिर २९ गते प्रवेश परीक्षा लिने तयारी गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले अदालतको आदेश पालना गर्दै भर्ना खोलिएको बताए ।
उनका अनुसार यसवर्ष कृषिमा ७६५ र वनमा १८० जनाले अध्ययन गर्न पाउनेछन् । विश्वविद्यालयको रामपुरमा १६५ जना भर्ना हुनेछन् । सम्बन्धन पाएपछि अत्याधुनिक पूर्वाधार निर्माणको काम धमाधम भईरहेको रिसर्च सेन्टरले जानकारी दिएको छ ।

प्रकाशित मितिः     २७ कार्तिक २०७५, मंगलवार ०८:१२  |