विजनेश संवाददाता
बा“के, ः परिवार नियोजन संघ बाँकेको सभापतिमा मुकुन्द केसी सर्बसम्मत चयन भएका
्रछन् । सोमबार केसीलाई सर्बसम्मत अध्यक्षका रुपमा चयन गरिएको हो ।
संघको नयाँ नेतृत्वको लागि केसी सहित सुरेन्द्र श्रेष्ठ, बिनय श्रेष्ठको दाबी थियो । तर परिवार नियोजन संघ जस्तो सामाजिक संस्थामा सर्बसम्मत नेतृत्व चयन गर्नुपर्छ भन्ने आवाज उठेपछि केसीको नाममा सर्बसम्मती जुटेको हो । सामाजिक क्षेत्रमा क्रियाशिल केसीले नयाँ नेतृत्वमा आएपछि परिवार नियोजन संघलाई क्रियाशिल बनाउने बताएका छन् । संघलाई क्रियाशिल बनाएर हरेक सर्बसाधारण माझ लैजाने उनले बताएका छन् । सभापति पदका दाबेदार रहेका बिनम श्रेष्ठले सामाजिक संगठनमा सर्बसम्मतरुपमा अघि बढ्नुपर्छ भन्ने उदेशय सहित आफुहरुलाई केसीलाई समर्थन गरेको जानकारी दिएका छन् ।
श्रेष्ठका अनुसार २९ गते सदस्य पदमा निर्वाचन हुँदैछ । त्यसबाट आउने सदस्यहरुबाट पदाधिकारी चयन हुन्छ । श्रेष्ठले सभापति जस्तै अन्य पदमा पनि सर्बम्मत गर्न आग्रह गरिएको बताए ।

प्रकाशित मितिः     २७ कार्तिक २०७५, मंगलवार ०८:१४  |