बाँके : बाँकेको डुडुवागाउँपालिका वडा नम्बर ४ मा संचालित भेरी डिस्ट्रलरी प्रालिलाई फोहोर व्यवस्थापन नगरेको भन्दै प्रदेश नम्बर ५ को प्रदेश संसद अन्र्तगतको कृषि, वन तथा वातावरण समितिले सम्बन्धित मन्त्रालयलाई लिखित निर्देशन दिएको छ । कृषि, वन तथा वातावरण समितिले
प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति एवं सोही क्षेत्रका प्रदेश सभाषद बिजय बहादुर यादवले मन्त्रालयलाई शुक्रबार यस्तो निर्देशन दिएका हुन । मन्त्रालयलाई भेरी डिस्ट्रलरी प्रालिले फोहोर व्यवस्थापन नगर्दा प्रभावित भएका जनतालाई क्षतीपुर्ती दिन, फोहोर व्यवस्थापन गराउन निर्देशन दिएको छ । क्षतीपुर्ती दिने भनि उद्योगले कति जनतालाई कसरी क्षतीपुर्ती दिनुपर्ने हो खुलाईएको छैन ।
भेरी डिस्ट्रलरी प्रालिले मदिरा उत्पादन गर्दा निस्किने फोहोर सिधै स्थानीय खोलामा फाल्ने गर्नाले स्थानीयबासी, पशुंपंछि, जनावरलाई बिरामी पार्ने काम भएको उल्लेख छ । साथै खेतीपातीमा असर परेको भनिएको छ । समितिले उद्योगबाट निस्किने फोहर पानी डुडुवा नालामा खसाली दुषित बनाउदा डिस्ट्रलरीको दुर्गन्ध र नालामा लसिधानिया,कम्दी, हल्कारा पुर्वा लगायतका गाउंहरु प्रत्यक्ष रुपमा असर परेको दाबी गरिएको छ ।