गरिमा बैंक : पेशागत कर्जा नेपालगन्जमा पनि


बाँके : गरिमा विकास बैंकले बाँकेमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्बसाधारणलाई बैंकिङ्ग पहुँचमा ल्याउन ‘डोर टु डोर’ अभियान सुरु गरेको छ । सोही अभियान अन्र्तगत यतिबेला बैंकका कर्मचारी सर्बसाधारणको घर–घरमा पुगेका छन् ।
अभियानको उदेश्य बैंकको पहुँचभन्दा टाडा रहेका सर्बसाधारणलाई बैंकको ढोकासम्म ल्याउनुरहको गरिमा विकास बैंक नेपालगन्जका कनिष्ठ अधिकृत बिष्णु पौडेलले जानकारी दिए । उनले भने, –‘ हामी आफै सर्बसाधरणको घरमा गएर बैंकको बारेमा जानकारी गराए उहाँहरुलाई बैंकिङ्ग प्रणालीभित्र ल्याउँछौं ।’ पौडेलले अझै धेरै सर्बसाधारणहरु बैंकका बारेमा अन्यौल अवस्थामा रहेको बताए ।
गरिमा विकास बैंकले सोही अभियानका क्रममा सर्बसाधारणहरुलाई बैंकका पैसा जम्मा गर्न, ऋण लिएर उद्यमी बन्न समेत प्रेरित गरिरहेको छ । गरिमा बैंकले ल्याएको गरिमा सुरक्षित पेशागत कर्जाका बारेमा पनि जानकारी गराइरहेको छ । उक्त कर्जा नेपालगन्जमा पनि सुरु भएको छ । उक्त कर्जा अन्र्तगत हरेक कर्मचारीले १५ लाखसम्म ऋण पाउँछन् । बिना धितो पाइने यस्तो कर्जाको ब्याजदर वार्षिक १४.५० प्रतिशत छ । त्यस्तै १५ लाखको दुर्घटना बिमा, जिवन बिमाको व्यवस्था छ । पौडेलले पेशागत कर्जा नेपालगन्जमा पनि सुरु भएको जानकारी दिए ।

प्रकाशित मितिः     ८ मंसिर २०७५, शनिबार २०:००  |