सडक सञ्जालसंग जोडिदै धारापानी


  • कृषि, जडिबुटीको धनी,  प्राकृतिकरुपले निकै शुन्दर धारापानी भौगोलोकिरुपमा बिकट भए पनि अब पूर्वाधारका हिसावले बिकट रहँदैन । जतिसक्यो छिटो हामी सडक पूर्वाधारले सम्पन्न
    बनाउँछौं ।—मेयर हस्तबहादुर पुन

गुर्भाकोट ( सुर्खेत) :  गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुनले नगरपालिका भित्र पर्ने धारापानीक्षेत्रमा सडक पूर्वाधारलाई प्राथमिकतामा राखेको बताएका छन् । धारापानीक्षेत्र गुर्भाकोटको समथरभाग भन्दा उचो र बिकट मानिन्छ । सडक सन्जाल नभएका कारण त्यसक्षेत्रका बासिन्दाहरुले आवात—जावतमा कठिनाई भोग्दै आएका छन् । सवारीसाधन नहुँदा बिरामीलाई स्वास्थ्य संस्थामा ल्याउन मुस्किल पर्छ भने कृषि उत्पादनहरु बिक्रीका लागि घण्टौं हिडेर बोटेचौरजस्ता ठाउँहरुमा आउनुपर्ने बाध्यता छ ।

हस्तबहादुर पुन, मेयर : गुर्भाकोट नगरपालिका, सुर्खेत

तर अब उक्तक्षेत्रका हरेक गाउँमा सडक सन्जाल पुग्नेगरी काम अघि बढाईएको मेयर पुनले बताए । उनले भने,—‘कृषि, जडिबुटीको धनी,  प्राकृतिकरुपले निकै शुन्दर धारापानी भौगोलोकिरुपमा बिकट भए पनि अब पूर्वाधारका हिसावले बिकट रहँदैन । जतिसक्यो छिटो हामी सडक पूर्वाधारको काम सुरु गर्छौ ।’ मेयर पुनले सडक सन्जालले मात्र धारापानीलाई जोड्ने हो भने त्यसक्षेत्रमा कृषि, जडिबुटीको विकासमा ठुलो टेवा पुग्ने बताए ।

धारापानीको टिमुरेमा सुविधा सम्पन्न स्वास्थ्य निकाय स्थापनाका लागि पनि मेयर पुनले प्रतिबद्धता जनाएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक किरण ओलीले जानकारी दिए । उनले भने,—‘ भरपर्दो स्वास्थ्य निकाय स्थापना भयो भने त्यसक्षेत्रका जनताले राम्रो स्वास्थ्य उपचार  पाउँछन् ।’ मेयर पुन लगायतले सो क्षेत्रको पूर्वाधार निर्माणको काममा भइरहेको प्रगतिका बिषयमा पनि अनुगमन गरेका छन् । वडा नं.९,३ र २ का विभिन्न स्थानहरुमा भएका विकास निर्माणका काम अनुगमन गर्दै पुनले भए गरेका काम गुणस्तरिय बनाउन र छिटो काम सक्न निर्देशन दिए ।

प्रकाशित मितिः     ९ मंसिर २०७५, आईतवार १४:४७  |