पर्यटन कर्जाका बिषयमा एनआईसि एशिया बैंक र होटल व्यवसायीबीच छलफल


बाँके : पश्चिम नेपालको पर्यटकियक्षेत्रका लागि ‘ट्रान्जिट प्वाईण्ट’ बनेको नेपालगन्जलाई लक्षित गरी बित्तियक्षेत्रले ऋण लगानीका आर्कषक कार्यक्रम ल्याउन थालेका छन् । पर्यटनक्षेत्रका लागि महत्वपूर्ण मानिने होटल व्यवसायीलाई सरल र सहज तरिकाले कर्जा दिई पर्यटन प्रर्बधन गर्ने उदेश्य बैंक र बित्तिय क्षेत्रले राखेका छन् ।
एनआईसि एशिया बैंकले त पर्यटन कर्जालाई बिशेष प्राथमिकता दिदै यसका बारेमा व्यवसायीहरुलाई जानकारी गराउन सुरु गरेको छ । पर्यटन प्रर्बधनका लागि होटल व्यवसायीका लागि सरल र सहज कर्जा दिलाउने सम्बन्धी प्याकेजका बिषयमा जानकारी दिन एनआईसी एशिया बैंकका कर्मचारी देशदौडाहमै छन् । सोही क्रममा आईतबार नेपालगन्जको होटल पिस प्लाजामा बैंकका कर्मचारीहरुले यहाँका होटल व्यवसायीहरुसंग छलफल गरेका छन् ।
छलफलका क्रममा बैंकका तर्फबाट व्याजदर थोरै, छिटो र छरितो तरिकाले ऋण दिन लागिएको जानकारी गराईएको थियो । चालु अवस्थाका होटल र दर्ता भएका होटललाई समेत सन्चालनका लागि ऋण दिने बैंकले जनाएको छ । साथै बैंकले अटो लोनमा समेत सहज र सरल प्रक्रिया अपनाउने जानकारी गराएको नेपालगन्ज होटल व्यवसायी संघका पूर्व उपाध्यक्ष नारद पुरीले जानकारी दिए । उनका अनुसार पर्यटन प्रर्बधनका लागि होटल व्यवसायीहरुको महत्वपूर्ण भुमिका रहने भन्दै त्यसमा सरल, सहज तरिकाले ऋण उपब्ध गराउन खोज्नु राम्रो भएको बताए । होटल व्यवसायीहरुले सो क्रममा ऋण लिएपछि अचानक बढ्ने ब्याजदर लगायतका झण्झटका बिषयमा कुराहरु राख्दै सबै बैंकको ध्यानार्कषण समेत गरेका थिए ।

प्रकाशित मितिः     ९ मंसिर २०७५, आईतवार २१:३९  |