श्रमिकका लागि सामाजिक सुरक्षा दिवश मनाइदै


बाँके : मंसिर ११ गते मंगलबार नेपाल सरकार तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्राँलयले सामाजिक सुरक्षा योजनाको सुरुवात गर्ने भएको छ ।  नेपाली श्रमिकको हकहितलाई मध्यनजर गर्दै सरकारले नेपाली श्रमिकका सम्बन्धमा नेपालको संविधानको धारा ३४ को उपधारा २ मा उल्लिखित उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ भन्ने व्यवस्था अनुरुप नेपालमा पहिलो पटक श्रमिक र तिनका आश्रित परिवारको हकहितका लागि मंगलबार सामाजिक सुरक्षा योजना सुरु गर्ने भएको हो । कार्यक्रमको सुभारम्भ प्रधानमन्त्री केपी ओलीबाट हुने कार्यक्रम रहेको श्रम प्रवक्ता नारायण रेग्मीले जानकारी दिए ।
यस सामाजिक सुरक्षा योजनाको सुरुवात भएसँगै यस योजनाले देशमा सामाजिक सुरक्षाको नयाँ युगको सुरुवात गर्नुका साथै दीगो व्यवसायिक वातावरण, अशल श्रम सम्वन्धको निर्माण तथा आम श्रमिकको मर्यादित जीवनको लागि सर्वा्धिक महत्व राख्नेमा सरकार विश्वस्त रहेको जानकारी दिएको छ । सामाजिक सुरक्षा योजनामा श्रमिकहरुको सहभागिता, योगदान र समाजिक सुरक्षाको मर्म अनुसार औषधि उपचार, स्वास्थ्य एवं मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवारको सुरक्षा र वृद्धा अवस्थाको सुरक्षा समेटिएका छन् ।
श्रमिक र रोजगारदाताले गरेको योगदानले श्रमिकको सुरक्षित भविष्य सुनिश्चित गरी सबै श्रमिकलाई लाभ पुग्ने विश्वास समेत सरकारले लिएको छ । यो योजनालाइ उत्साहको, उत्सव मनाउँदै देशले सामाजिक सुरक्षा दिवसलाई भव्ताका साथ मनाउन श्रम मन्त्रालयले आम सरोकारवाला तथा श्रमिकहरुमा अनुरोध समेत गरेको छ। योजना शुभारम्भ सँगै सामाजिक सुरक्षा दिवसलाई उत्सवका रुपमा मनाउन सबै सरकारी एवं गैरसरकारी संघसंस्थालाई समेत मन्त्रालयले विशेष अनुरोध गरेको छ । बाँकेमा पनि यो दिवश बिभिन्न कार्यक्रम गरी मनाइदैछ । साँझ नेपालगन्ज औद्योगिकक्षेत्र अगाडी दिपप्रज्वलन गर्ने कार्यक्रम छ ।

प्रकाशित मितिः     ११ मंसिर २०७५, मंगलवार ०७:५७  |