साथीकी बिणाको उकाली ओराली


बिणा शर्मा

बाँके : मेहेनत र परिश्रम गरेर सानो लगानीबाट ठुलो व्यवसाय सन्चालन गरेको सफल व्यवसायीको उदाहरण दिदा बिणा शर्माको नाम कसैले छुटाउन्थ्यो । जोकोहीले उनको नाम लिन्थे । चारवाहिनीचोक सुर्खेतरोडमा सन्चालन गरेको साथी कृष्णा कटेज त झन् सबैको मुखमा झुण्डिएको थियो । बिणालाई नामले भन्दा साथी कृष्णा कटेजका नामले धेरैले चिन्न थालेका छन्, पनि । सुरुवाती दिनमा उनको ठुलो लगानीको कटेज राम्रैगरी चल्यो । साथीभाईहरुको आवातजावत निकै हुन्थ्यो ।                           उनीहरुको सहयोग र समन्वयमा निरन्तर कार्यक्रम भइरहन्थ्ये । सबैको सहयोगले उनलाई प्रोत्साहन पनि मिलेकै हो ।व्यापारमा संधै एकनासको हुँदैन । बिणालाई अहिले यो कुरा सही लागेको छ । बिणालाई अहिले अफठ्यारो परिरहेको छ । उनले लगानी थप गरिन । लगानी बृद्धि भए अनुसार व्यापार भएन । उता बैंकले ऋणले च्याप्दै गयो । उनले लगानी बढाउँदै गएपछि देशमा भुकम्प गयो । नाकाबन्दी लाग्यो । यि कारण त थिएन नै । अरुले साथ दिएका साथीभाईले पनि उनलाई  बिर्र्सिए । लगानी पनि थप गर्नु । देशमा पनि थुप्रै समस्या देखिएर त्यसको प्रभाव होटलमा पर्नुले बिणालाई निकै नोक्सानी व्यहोर्नुपरेको थियो ।
बिणा आज जुन अवस्थामा छिन्, त्यो अवस्थामा आउनका लागि लामो संघर्षको यात्रा तय गरेकी थिईन । काखमा छोरा च्यापेर नेपालगन्जमा आउँदा बिणालाई यस्तो बन्लान् भनेर कस्ले पो सोंचेको थियो होला । उनले जिल्ला प्रशासन कार्यालय अगाडी चिया पसल राखिन । त्यसपछि चारवाहिनीरोड नजिकै होटल राखिन । उनको त्यो होटल निकै चल्यो । एक सय बढि त मासिक खाना खानेहरु थिए । खानाखान आउनेहरुको चाप थेगिनसक्नु थियो । उनलाई भ्याईनभ्याई हुन्थ्यो । आम्दानी राम्रै भएको थियो । त्यसपछि उनले अलि ठुलो र सुविधा सम्पन्न रेष्टुरेन्ट खोल्ने निधो गरिन् । सामान्य अवस्थाबाट आएकी बिणालाई अब कुुनै पनि चुनौतीको सामाना गर्न डर थिएन ।

उनले ठुलै लगानीमा रेष्टुरेन्ट खोलिन् । त्यहाँ पनि पछिल्लो समय लगानी थप गरिन । ‘रेष्टुरेन्टको अवस्था ठिकै छ । अहिले पनि मैले यहाँ आउने ग्राहकलाई अरु रेष्टुरेन्ट भन्दा राम्रो सेवा दिइरहेको छु । तर लगानी अनुसार यतिले पुग्दैन ।’— बिणाले भनिन् —‘धेरै साथीहरुले अहिले बिर्सिनु भएझैं भएको छ । सुःखमा मात्र होइन दुःखमा साथ दिनेहरु नभेटिएको होइन । त्यस्ता मित्रहरुले सहयोग पनि गरिरहेका छन् । कसैकसैले त धेरै हल्ला पनि फैलाएका
छन् । तर जस्तोसुकै अवस्था आएपनि अझै केही गर्ने सहास बिणामा छ । कहिल्यै हार नखाएकी बिणा अहिलेको समस्यालाई जित्ने उपयुक्त समयको खोजीमा छन् । भन्छिन् —‘ नेपालगन्जले मलाई धेरै कुरा दिएको छ । अब पनि यो ठाउँमा अझै केही गर्नुछ । त्यसका लागि उपयुक्त समयको खोजीमा छु । ’

प्रकाशित मितिः     १२ मंसिर २०७५, बुधबार १०:५६  |