बाँके : जिआईजेडको सहयोगमा नेपालगन्जमा उद्यमशिलताको वातावारण निर्माण सम्बन्धि कार्यक्रम सन्चालन गरिने भएको छ । उद्यमशिलताका क्रममा उत्पन्न हुने व्यवहारिक र नीतिगत समस्या समाधानका लागि पहल र पैरवी गर्नका लागि यस्तो कार्यक्रम सन्चालन गर्न लागिएको हो ।
त्यस्तो कार्यक्रम गर्नुपूर्व जिआईजेडको उच्चपदस्थ नेतृत्वले यस बिषयमा स्थानीयस्तरमा छलफल र बहस सुरु गरेको छ । यसै क्रममा बुधवार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष लगायत पदाधिकारीहरुसंग छलफल गरेको छ । जिआईजेडको उच्च पदस्थ कर्मचारीको टोलीसंग उद्यमशिलताका बिषयमा छलफल भएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए ।
जिआईजेडको नेतृत्वले जिल्लामा उदमशिलताको वातावारण, नीतिगत र व्यवहारिक समस्या, चुनौती र त्यसको समाधानका बिषयमा छलफल गरेको संघका महासचिव अजय टण्डनले जानकारी दिए । उनका अनुसार यस्तो छलफल बृहदरुपमा केही दिनपछि फेरी हुँदैछ । बुधवार भएको छलफलमा संघका अध्यक्ष बैश्य, उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव टण्डन, उपमहासचिव तारा रोकाय लगायतको सहभागिता थियो ।