होटल व्यवसायी संघ बाँकेको नेतृत्व कस्लाई ?


पुस ७ गते हुने अधिवेशनको तयारीमा छौं । अधिवेशन नजिकिदा साथीहरु माझ कार्यसमिति निर्माणका बिषयमा आन्तरिक छलफल हुनु स्वभाविक हो । साथीहरुबीच एक आपसमा छलफल भइरहन्छ ।
                                                                                   – निमबहादुर थापा, अध्यक्ष, होटल व्यवसायी संघ बाँके

सहमतिको लागि अधिकत्म प्रयास हुन्छ । मिलेरै जानुपर्छ । केही गरी मिल्न सकिएन भने लोकतान्त्रिक बिधि अपनाउने कुरा छदैछ । त्यस्तो अवस्थामा यसपाली माओवादी र एमाले भनेर नभई एकिकरणपछि बनेको शक्तिका आधारमा उम्मेदवारी घोषणा हुन्छ ।
                                                                                  –भष्कर काफ्ले, पूर्व अध्यक्ष, होटल व्यवसायी संघ, बाँके

अध्यक्ष निमबहादुर थापा, उपाध्यक्ष उमा ग्राण्डन, महासचिव भिम कंडेल ।

भाष्कर काफ्ले, पूर्व अध्यक्ष ।

बाँके : पुस ७ गते हुने होटल व्यवसायी संघ बाँकेको अधिवेशनबाट चयन हुने नेतृत्वका बिषयमा व्यवसायीहरु माझ तिब्र छलफल र कौतुहलता सुरु भएको छ । व्यवसायी माझ नयाँ कार्यसमितिको नेतृत्व र अन्य पदमा को हुने भन्ने बिषयमा माहोल नै तात्तिएको छ । व्यवसायीहरु अहिले आन्तरिक छलफल र बहसमा छन् ।

सामुहिक र व्यक्तिगत भेटघाटमा नेतृत्व कस्लाई बनाउने र को हुने भन्ने बिषयमा छलफल हुन थालेको छ । नेतृत्वका लागि दाबेदारहरु समेत निस्किएका छन् । स्रोतका अनुसार होटल व्यवसायी संघ बाँकेको नेतृत्वका लागि यतिबेला प्रमुख त नारद पुरी, उमा ग्राण्डन, भिम कंडेल, रंगराज खड्काको चर्चा छ । होटल व्यवसायी संघमा तीन कार्यकालयता निर्वाचन भएर नेतृत्व चयन हुँदै आएको छ । स्वतन्त्ररुपमा निर्वाचन भए पनि प्यानललाई भने राजनीतिक आस्थासंग जोडिन्थ्यो । तत्कालिन एमाले र राप्रपा समेत मिलेका उदाहरण छ भने तत्कालिन एमाले र नेपाली काँग्रेसको आस्था राख्ने व्यवसायीबीच तालमेल भएको यदाहरण छ । तर यसपाली भने समिकरण फेरिने निश्चित जस्तै छ ।

एमाले र माओवादी एकिकरणले गर्दा बामपन्थी आस्था राख्ने व्यवसायी एक ठाउँमा आउने र एउटै उम्मेदवार बनाउने तयारी भइरहेको छ । तर समय नजिक आउन अझै केही दिन बाँकी भएकाले घटनाक्रम कसरी विकास हुन्छ भन्ने हेर्न बाँकी रहेको व्यवसायीहरुले बताएका छन् ।
होटल व्यवसायी संघ बाँकेका अध्यक्ष निमबहादुर थापाले आफुहरु अधिवेशनको तयारीमा रहेको बताए । अधिवेशन नजिकिदा साथीहरु माझ कार्यसमिति निर्माणका बिषयमा आन्तरिक छलफल हुनु स्वभाविक भएको बताए । ‘साथीहरुबीच एक आपसमा छलफल भइरहन्छ ।’ उनले सकभर सहमतिकै माध्यमबाट कार्यसमिति निर्माणमा जुट्ने बताए । व्यवसायिक संगठन भएकाले सकेसम्म आपसी समझदारीबाटै नेतृत्व चयनुहुनुपर्ने पक्षमा आफुहरु रहेको थापाले बताए । व्यवसायीहरु बीच समझदारी भएन भने निर्वाचन हुने निश्चित छ । त्यस्तो अवस्थामा बामशक्ति उक भएर निर्वाचन लड्छकी फरक फरक तरिकाले चुनाव लड्छ हेर्न बँकी छ । होटल व्यवसायी संघ बाँकेका पूर्व अध्यक्ष भाष्कर काफ्लेले सहमतिका लागि अधिकत्म प्रयास गर्ने बताए ।
उनले भने,—‘मिलेरै जानुपर्छ । केही गरी मिल्न सकिएन भने लोकतान्त्रिक बिधि अपनाउने कुरा छदैछ ।’ बामपन्थी आस्था राख्ने  व्यवसायीहरुको नेता समेत रहेका काफ्लेले यसपाली माओवादी र एमाले भनेर नभई एकिकरणपछि बनेको शक्तिका आधारमा उम्मेदवारी घोषणा हुने बताए । ‘हुन त हाम्रो संगठन बिशुद्ध व्यवसायीहरुको हो । यसमा यो पार्टी, त्यो पार्टी भन्ने हुँदैन । तर पनि यताकता भइरहेका अभ्यासका आधारमा भन्ने हो भने पार्टी एकिकरणको प्रभाव यहाँ स्वभाविकरुपमा पर्छ ।’ होटल व्यवसायी संघ बाँकेमा बामपन्थी बिचार राख्ने व्यवसायीहरुको संख्या अधिक छ । संघको स्थापक अध्यक्ष मदनकुमार बिसी हुन । त्यस्तै क्रमशः दिपेन्द्रकुमार जोशी, डिल्लीबिक्रम मल्ल, भाष्कर काफ्ले, जनार्दन पाण्डे र निमबहादुर थापा अध्यक्ष छन् । संघका बर्तमान अध्यक्ष थापाले होटल व्यवसायी संघको अधिवेशन नेतृत्व चयनमा मात्र केन्द्ीत नहुने बताए । होटल व्यवसायीहरुका बिभिन्न मुद्दामा समेत केन्द्रीत हुने बताए । उनले यसै कार्यकालमा आफ्नो भवनको उद्घाटन हुने पनि बताए ।

प्रकाशित मितिः     १३ मंसिर २०७५, बिहीबार ०७:२०  |