रिक्सामा आगजनीले त्रासमा नेपालगन्ज


बाँके : नेपालगन्ज १३ मंसिर नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ स्थित खजुरा रोडमा पार्किङ्ग गरिएका ५ वटा ई रिक्सामा अज्ञात व्यक्तिले बुधबार राती आगजनि गरेका छन् । पर्किग गरिएका ५ वटा इ रिक्सा पुर्ण रुपमा क्षति भएका छन् भने रिक्सा नजिकै रहेको दुई वटा किराना पसलमा पनि आगजनी प्रयास गरिएको छ ।
अज्ञात समूहले रातीको समयमा आगजनी गरि फरार रहेको प्रहरीले जानकारी गराएको छ । धम्बोझी चोकदेखि करिव सय मिटर अगाडी आगजनि हुँदा समेत प्रहरीले आगजनि गर्ने गिरोहलाई पक्राउ गर्न नसक्नु गम्भीर रहेको स्थानियवासी बताउछन् । आगजनि गरेको यो पहिलो पटक नभएको स्थानीय बासी बताउँछन् । एक र दुई साता अघि पनि आगजनीको प्रयास गरिएको थियो ।  आगो, कसले र किन लगायो भन्ने अनुमान लगाउने बाहेक यसै भन्न सक्ने अवस्था छैन रिक्सा धनि अनवर हल्वाईले भन्नुभयो । यसरी बन्द रहेको पसल र यातायातका साधनमा आगजनीका घटना हुन थालेपछि व्यवसायीहरु आतंकित भएका छन् । आगजनि भई क्षति हुने इ रिक्सा भे १ ह २३३९, भे १ ह १२२०, रनियापुर ४६, कोहलपुर नगरपालिका १५५, जमुनी २२३ नं. रहेको इ रिक्सा जलेर नष्ट भएका छन् । १० लाखको क्षति भएको छ रिक्सा मालिक हल्वाईले भने बिहीबार विहान घटनास्थल पुगेको नेपालगन्ज १ का वडाध्यक्ष प्रमोद रिजालले घटनाबाट त्रासको वातावरण फैलिएको बताउनुभयो । उहाँले यसअघि पनि यस्तै प्रकृतिको घटनामा उजुरी भैसकेको अवस्थामा प्रहरीले गम्भीरतापूर्वक नलिएको आरोप लगाए ।
‘धम्बोझी चोकबाट सय मिटरको दुरीमा रहेको मुख्य सडकमा घटना हुनुले सुरक्षा व्यवस्थामा प्रश्न उठाएको छ’, वडाध्यक्ष रिजालले भने । नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले व्यवसायीहरुले असुरक्षित महसुस गरिरहेको बताए । ‘यसअघि पनि व्यवसायीले उजुरी गरिसकेका छन, सहरका सिसि क्यामेरा जडान छन, खोई त प्रहरी अनुसन्धान’, मन्सुरीले भने । ‘बन्द रहेको पसलमा नै आगो लगाउने प्रयास गरिएको छ’, व्यवसायीले ढुक्कसँग व्यवसाय गर्न सक्ने वातावरण नभएको बताउँदै मन्सुरीले भने , ‘घटनालाई गम्भीर रुपमा लिएर प्रहरीले कारवाही गरोस् ।’ नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणा र उप प्रमुख उमा थापा मगर घटनास्थल पुगेर आगजनीको घटनाको जानकारी लिएका छन् । यसअघि पत्रकार अर्जुन ओलीको घरमै पार्किङ्ग गरिएको मोटरसाइकलमा अज्ञात व्यक्तिले आगो लगाइदिएका थिए ।

प्रकाशित मितिः     १३ मंसिर २०७५, बिहीबार १४:२८  |