नेपालगञ्ज भन्सार कार्यालय भेरी अंञ्चलको बांके जिल्ला, साबिकको जयसपुर गा.वि.स. वडा नं.७, जयसपुरमा बि.स.२०२३ सालमा स्थापना हो । हाल नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१६, जयसपुरमा पर्दछ । मूल भन्सार कार्यालय नेपाल भारत सिमा देखि करिव ८०० मिटर उत्तर र बांके जिल्लाको सदरमुकाम नेपालगञ्ज बजार देखि करिव ४ कि.मि.दक्षिणमा पर्दछ ।
त्यस्तै यस कार्यालयको यात्रु शाखा पहिले नेपालगंज उ.म.न.पा.२० (साबिकको नेपालगन्ज उपमहानगरपालिका वडा नं.१६) स्थित आफ्नै भवनमा रही सो स्थानबाट कामकाज संचालन भईरहेकोमा यात्रु जाँचपास कार्यलाई थप सरल तथा सहज र ब्यबस्थित बनाउन नेपाल भारत सीमाबाट ५० मिटर उत्तर तर्फ नयाँ यात्रु शाखाको भवन निर्माण गरी मिति २०७५।०२।१ देखि कार्य संचालन भईरहेको छ ।
यस भन्सार कार्यालयको बाटो भई भारतवाट पैठारी हुने मुख्य मुख्य बस्तुहरुमा पेट्रेलियम पदार्थ, सिमेन्ट, क्लिंकर, खरानी, तोरी, चिनी, चामल, पत्थर कोइला, कपडा, मोटर पाटर्स,कनिका आदि पर्दछन् भने तेस्रो मुलुकवाट अल्मोनियम, कपर स्क्रेप, प्लाष्टिक दाना लगायतका बस्तुहरु पैठारी हुन्छन् । भारत निकासी हुने बस्तुहरुमा खयर कत्था, कच्छ, जडिबुटि, सुठो, रोजिन खोटो आदि पर्दछन् भने तेश्रो मुलुक निकासी हुने बस्तुहरु गहुँको पीठो, बफेलो मिट, जटामसी मार्क आदि रहेका छन । उक्त कार्यालयमा अहिले शान्तीराम निरौला प्रमुख भन्सार हुन ।
विगत ६ बर्षको लक्ष्यतथा असुलीको विवरण रकम रु हजारमा
आर्थिक बर्ष लक्ष्य असुली असुली प्रतिशत
२०६९र०७० २८६०९३० ३२९०४२१ ११५.०१
२०७०र०७१ ३६००८३२ ३६१५४०१ १००.४
२०७१र०७२ ३५५४६२१ ३६०३०३३ १०१.३६
२०७२र०७३ ४९९६३०१ ५२९६६८५ १०६.०१
२०७३र०७४ ५२०५३८७ ६७९९९६० १३०.६३
२०७४र०७५ ८३७६४५२ ९८१९५२८ ११७.२३