बाँके : रक्त अभाव हटाउनका लागि नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियन र मोवाईल बितरक संघ क्षेत्रीय समितिको आयोजनामा शुक्रबार नेपालगन्जमा आयोजना गर्न लागेको बृहद रक्तदान कार्यक्रमको तयारी पुरा भएको छ । आयोजकले उक्त बृहद रक्तदान कार्यक्रमका लागि सरोकारवाला निकायका सबैलाई आमन्त्रण गरेको छ । बिरामीलाई आवश्यक पर्ने रगत अभाव हटाउका लागि शनिबार बिहान १० बजे देखि नेपालगन्जको, धम्बोझीमा बृहद रक्तदान कार्यक्रम गर्न लागिएको नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियन बाँकेका अध्यक्ष चिरञ्जीवी ओलीले बताएका छन् । धम्बोझीचोकस्थित बागेश्वरी इलेक्ट्रो प्लाजा र माउण्ट एभरेष्ट पुस्तक पसल अगाडी कार्यक्रम हुने छ ।
सामाजिक उत्तरदायित्व सम्झेर आफुहरुले यस्तो काम गर्न लागिएको ओलीले जानकारी दिएका छन् । दुबै संगठनले आफ्ना सदस्यहरुलाई रक्तदानका लागि आउन आग्रह गरेका छन् । त्यस बाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका बिभिन्न सामाजिक संघ, संस्था तथा अगुवाहरुलाई रक्तदानका लागि आह्वान गरिएको छ ।
उक्त रक्तदान कार्यक्रमलाई हालसम्मकै ठुलो बनाउन लागिएको छ । नेपालगन्ज्मा रेफरल अस्पतालहरु रहेकाले यहाँ अन्यत्रबाट आउने बिरामीको चापले संधै रगत अभाव भइरहन्छ । तर त्यस्तो अभाव टार्नका लागि रक्तदान अभियानहरु सन्चालन भइरहेका छन् ।