शतीशचन्द्र अग्रवाल : जसले उद्योग वाणिज्य संघलाई सामाजिक कार्यमा जोडे


बाँके : सतिशचन्द्र अग्रवाल नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन । उद्योग व्यवसायका साथ साथै नेपालगन्जमा समाजसेवाका क्षेत्रमा समेत उनी सक्रिय छन् । बिगतमा उनी राजनीतिमा सक्रिय भई जनप्रतिनिधि समेत भइसकेका छन् । मारवाडी सेवा परिषदको अध्यक्ष भएर उनले सामाजिक कार्य समेत गरे । नेपालगन्ज उद्योग वाणिज्य संघलाई गतिशिल बनाउन उनले महत्वपूर्ण भुमिका निभाएका छन् । २०५३ सालमा भएको उद्योग वाणिज्य संघको निर्वाचनबाट उनी महासचिव भए । २०५३ सालदेखि २०५८ सालसम्म निरन्तर दुई कार्यकाल संघको महासचिव भएर काम गरे । पहिलो पटक निर्वाचनबाट महासचिव हुने व्यक्ति उनै हुन । सम्भवत दुई कार्यकालमा उनले गरेको कामलाई मध्यनजर गर्दै अध्यक्षमा सर्बसम्मत चयन गरियो । जतिबेला संघमा उनी प्रबेश गरेका थिए, त्यसबेला संघ एउटा कोठामा सिमित
थियो । कार्यसमितिको अथक प्रयास पछि मात्र भवन निर्माण भयो । संघको व्यवस्थित खाका कोर्ने काम भयो ।
मेरै कार्यकालमा शव बहानको सामाजिक कार्य सुरु भएको थियो । शव बहानले जिल्लामा सबैलाई सेवा दिइरहेको छ । संघमा पुस्तकालय निर्माण पनि मेरै कार्यकालमा भयो । अमेरिका पढ्न जाने बिद्यार्थीलाई फारम भर्ने व्यवस्था पनि यहीबाट गरिएको थियो । तर त्यसबेलाको द्धन्द्धरत पक्षले उक्त पुस्तकालय बन्द गरायो । द्धन्द्धको पिकआवरमा म अध्यक्ष थिए । नेपालगन्जमा दैनिक बम, बारुद पड्किन्थ्यो । उद्योग व्यवसाय प्रभावित थियो । राज्य र गैरराज्यपक्षबाट हामी आक्रान्त भएका थियौं । ज्यानकै जोखिम थियो । यद्यपी इमानदारितापूर्वक मैले काम गरे । उद्योग वाणिज्य संघलाई सामाजिक कार्यमा लगाउन हामीले भुमिका खेलेका थियौं ।

सतिशचन्द्र अग्रवालको कार्यसमिति

सतिशचन्द्र अग्रवाल
अध्यक्ष
अच्यूत प्रसाद प्रसाई
निर्वतमान अध्यक्ष
सुनीलकुमार शर्मा
उद्योग उपाध्यक्ष
उमाशंकर केशरवाल
उपाध्यक्ष ब्यापर
श्यामकुमार शर्मा
महासचिव
अशोककुमार कर्माचार्य
उपमहासचिव
कृष्णप्रसाद श्रेष्ठ
कोषाध्यक्ष

कार्यसमिति सदस्य
बालकृष्ण रस्तोगी
दामोदर प्रसाद गुप्ता
प्रदीपकुमार गुप्ता
सुरेन्द्रनाथ टण्डन
तनबीर जमाल हल्वाई
स्व. अमृतकुमार कर्माचार्य
उत्तमराज घिमिरे
दामोदर आचार्य
ज्ञानकुमार श्रेष्ठ
बसन्त लमिछाने
प्रदीपकुमार छाजेड ( एशोसिएट सदस्य)
मधुसुदन रिजाल ( एशोसियट सदस्य)
पद्मा भटटराई ( महिला सदस्य)
पार्वती शर्मा ( महिला सदस्य)
बिष्णुप्रसाद मैनाली , बरिष्ठ सदस्य
कन्हैयालाल बैद्य, मनोनीत सदस्य
बिनोद मैनाली, मनोनीत सदस्य

प्रकाशित मितिः     १ पुष २०७५, आईतवार ०७:५९  |