सांसद अथकद्धारा केएल दुगड उद्योगको अवलोकन


बाँके :  बाँके क्षेत्र नम्बर १ का संघीय संसदका सांसद महेश्वर गहतराज अथकले बाँकेमा सन्चालनमा रहेका बिभिन्न उद्योगहरुको अवलोकन गर्दै उद्योगी, व्यवसायीहरुका समस्याहरु सुनेका छन् । नेकपाका नेता समेत रहेका सांसद अथकले मंगलबार नेपालकै प्रतिष्ठित केएल दुुगडको पार्वतीपुरस्थित उद्योगको अवलोकन गरे ।
आटा, तेल लगायत खाद्य सामाग्री उत्पादन हुने केएल दुगडको उद्योगको अवलोकन गर्दै सांसद अथकले त्यसक्षेत्रको उद्योगहरुको समस्याका बिषयमा जानकारी लिएका थिए । उद्योगका सन्चालक प्रदिप छाजेडले उद्योगका बिषयमा जानकारी दिएका छन् । सांसद अथकले बाँके जिल्लालाई आर्थिक क्षेत्रका रुपमा विकास गर्न जरुरी रहेको बताए ।
सांसद अथकले केहि दिन अघि मात्र अँकुर उद्योगको अवलोकन गरेका थिए । गनापुरमा रहेको उक्त उद्योगले खानेपानी, धाराका पित्तल लगायत बिभिन्न धातुका धाराका टुटिहरु उत्पादन गर्दै आइरहेको छ । सांसद अथकले उद्योग सँचालकहरु सँग उद्योगिहरुका समस्या चुनौति र सँभावना लगायतका बिषयमा जानकारी लिएका थिए ।


प्रकाशित मितिः     ३ पुष २०७५, मंगलवार २१:३८  |
error: Content is protected !!