चाउमिन उद्योग हाँक्दै किशोरी


बाँके : एउटै उमेरका साथी खेलेर दिन बिताउँछन् । तर सालु कश्यप, रिता चौधरी लगायतका तीन जना किशोरी भने दिनभर चाउमिन उद्योगमा काममा व्यस्त हुन्छन् । नेपालगन्ज— ६ फुल्टेक्राका यि किशोरीले सन्चालन गरेको माँ बागेश्वरी चाउमिन उद्योग अहिले धेरै किशोर किशोरीका लागि सिक्ने थलो बनेको छ ।
बिभिन्न कारणले पढ्न नपाएपनि उनीहरुले अब केही गर्न सकिदैन भनेर हार मानेनन् । बरु मनमा केही गर्ने अठोट लिएर बसे । लद्यु उद्यम सम्बन्धी तालिम लिएपछि ऋणधन गरेर चाउमिन उद्योग सन्चालन सुरु गरेपछि गाउँमा उनीहरुको चर्चा छ । १८ देखि २२ बर्ष समुहका किशोरी मिलेर सामुहिक रुपमा चाउमिन उत्पादन थालेका हुन् । बजारमा चाउमिनको माग अरु व्यबसायमा भन्दा बढि भएको र मिलेर काम गर्दा राम्रो आम्दानी गर्न सकिने देखेर समुह बनाई व्यवसायमा लागेको समूह सदस्य सदस्य सालु कश्यपले बताईन ।
उनीहरुले दैनिक १ सय ५० केजी बिक्रि लक्ष्य लिएका छन् यो उद्योगले नेपालगंजको फुल्टेक्रा, धम्बोझी, बसपार्क, न्युरोड, पुरैना पुरैनी, भेरी अंचल अस्पताल आसपासमा आफ्नो उत्पादन बिक्रि गरीरहेको छ । यसलाई बिस्तार गर्दै लैजाने अर्की सदश्य रिता चौधरीले बताईन्। ।  चाउमिन उद्योग संचालक सामाजिक विकास मंच बाट लघु उद्यम तालिम प्राप्त युवा हुन् । युवाहरुले तालिमकै सिलसिलामा बजार बिश्लेषण गरी यो व्यवसायमा संग्लन हुने निधो गरेका हुन । कुल रु ३ लाख ५० हजारकोे लगानिमा संचालन भएको उक्त उद्योगमा रु २ लाख ४० हजार बराब को मेसिनरी सामान सामाजिक बिकास मंचको अनुदान रहेको छ भने रु ७५ हजार समुहको लगानी छ । यसका अतिरिक्त मंचले समुहका सदश्यहरुको लागि चाउमिन उत्पादन तालिम, जिवन उपयोगि सिप तालिम प्रदान गरेको सामाजिक विकास मन्चका जिविकोपार्जन अधिकृत भुपालसिंह बोहराले बताए ।
युवाहरुले चाउमिन उत्पादन को योजना बनाएपछि सो बारे तिनका अभिभावक, वडा कार्यालय संग समन्वय गरी युवाहरुलाई सहयोग गरीएको हो । मंच ले नेपालगंज उपमहानगरपालिकालाई कार्यक्षेत्र बनाएर सेभ द चिल्ड्रृृेन संगको साझेदारीमा संचालन गरीरहेको छ । १८ देखि २२ बर्ष सम्म का युवाहरुलाई लघु उद्यम र व्यवसायीक तालिम दिई स्वरोजगार बनाउदै आएको छ ।

प्रकाशित मितिः     ५ पुष २०७५, बिहीबार १०:५४  |