जानकी गाउँपालिकामा हरेक वर्ष थपिदै ठुला उद्योग


जानकी गाउँपालिकामा चाचान ग्रुपले सन्चालनमा ल्याएको सिमेन्ट उद्योग ।

बाँके :  जानकी गाउँपालिका बाँकेमा करोडौको उद्योग थपिदै छ । उक्त गाउँपालिकाको वडा नम्बर छ मात्र अरवौ लगानीका दर्जनौ उद्योग सन्चालनमा छन् । थप उद्योग समेत सन्चालनको तयारीमा छन् । जानकी गाउँपालिकामा दुईवटा सिमेन्ट उद्योग, दुईवटा आईरन उद्योग सन्चालनमा छन् भने अन्य एउटा आईरन उद्योग सन्चालनको तयारीमा छन् ।
आधा दर्जन रोजिन उद्योग छन् भने कत्था, जडिबुटी प्रशोधन, प्लाष्टिक उद्योग सन्चालन भइरहेका छन् । उद्योगी, व्यवसायीले लगानी थप्दैछन् । गाउँपालिकाले पनि उद्योगमैत्री नीति लिएको  जानकारी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताएका छन् । गाउँपालिका औद्योगिकग्रामका रुपमा बिस्तार भइरहेको यादवले बताए ।  नेपालगन्ज उपमहानगरपालिका , कोहलपुरनगरपालिकाको छिमेकमा पर्ने, राजमार्ग नजिकै पर्ने भएकाले पनि यहाँ उद्योग खुलेका हुन ।

उद्योगका लागि चाहिने प्रशस्त जग्गा छ । स्थानीय तहको कर पनि धेरे छैन । लगानीयोग्य वातावरण भएकाले जानकी गाउँपालिकालाई उद्योगीहरुले रोजेको गाउँपालिका अध्यक्ष यादवले बताए ।  पूर्वाधारको विकास भइरहेको बताउँदै अध्यक्ष यादवले भने,—‘ बाटोघाटो, बिजुली जस्ता पूर्वाधार नभएका उद्योग चल्न सक्दैन । हामी त्यसलाई व्यवस्थि तगर्न खोजिरहेका छौं । लामो समयदेखि हाम्रो गाउँपालिकामा नहरको काम हुन सकिरहेको छैन । नहरको आसपासलाई केन्द्र बनाएर उद्योगहरु खुलिरहेका छन् । तर बाटो राम्रो छैन । नहरले कति बाटो दिने हो थाहा पनि छैन । यसले हामीलाई मुस्किल पारेको छ । नहरको काम भइदिएको भए सडक निर्माण गर्न सजिलो हुन्थ्यो । त्यो होस् भनेर केन्द्रसम्म कुरा राखिसकेका छौं । २४ सै घण्टा बिजुलीको व्यवस्था गर्नुपर्छ भनेर पहल गरेका छौं । सुरक्षाको प्रबन्ध भएकै छ ।’

बाँके जिल्लाकै सबैभन्दा धेरै उद्योगहरु रहेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवसंग गरिएको कुराकानी केहीबेरमा प्रस्तुत गर्छौ ।

प्रकाशित मितिः     ५ पुष २०७५, बिहीबार १४:२७  |