मनकामना ग्याँसलाई गुणस्तर चिन्ह प्रदान,मकवानपुरमा शाखा खोल्दै


सुनिल रेग्मी
बाँके : बाँकेमा रहेको मनकामना ग्याँसले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह पाएको छ । यस क्षेत्रमा नेपाल गुणस्तर चिन्ह पाउने मनकामना ग्याँस पहिलो कम्पनी हो । सुरक्षित, पूर्ण तौल र भरपर्दो ग्याँसको रुपमा स्थापित मनकामना ग्याँसले २७ नंम्वरमा आफ्नो गुणस्तार प्रमाण पत्र पाएको छ ।
यस पश्चिम क्षेत्रमा धेरै ग्याँस उद्योग भए पनि अन्य कम्पनीले गुणस्तर चिह्न पाएको छैनन् । मनकामना ग्याँस उद्योगले नेपाल सरकारले तोकेको सबै मापदण्ड पुरा गरेको र अनुगमनका क्रममा गुणस्तार भेटिएपछि सो प्रमाण पत्र दिइएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । यसैविच मनकामना ग्याँस कम्पनीले शाखा कार्यालय मकवानपुरमा खुल्ने भएको छ । नेपालले आयाल निगमले मनकामना ग्याँसलाइ मकवानपुरमा शाखा विस्तारको अनुमति दिए पछि यसको शाखा विस्तार हुने भएको हो ।

 त्यसका लागि कम्पनीले तयारी अगाडी बढाएको छ । मनकामना ग्याँस कम्पनीले अघोषित नाकाबन्दीका समयमा समेत ग्याँस दिएर उपभोक्तालाई राहत पु¥याएको थियो । बाँकेमा कार्यालय रहेको यस ग्यास कम्पनीको अहिले मध्य र सूदूरमा तीन सय भन्दा बढी डिलर रहेका छन् । बाँकेको मनिकापूरमा मनकामना ग्याँसको प्लान्ट रहेकोे छ । कम्पनीले छिटो छरिदोको लागि छिटै अटोमेशन प्रविधि जोडन लागेको छ । अहिले मनाकामना ग्याँसको मात्रै लाखौ सिलिन्डर बजारमा छ । नेपालगन्जका उपभोक्ताहरुले सुरक्षित, पूर्ण तौल र भरपर्दो ग्याँसका कारण आफ्नो पहिलो रोजाइँमा मनकामना ग्याँसका उपभोक्ताहरुले बताएका छन् ।


प्रकाशित मितिः     ६ पुष २०७५, शुक्रबार ०८:१९  |
error: Content is protected !!