महिला उद्यमी महासंघको साधारणसभा शुरु हुँदै


बाँके : महिला उद्यमी महासंघको १५ औं वार्षिक साधारणसभा नेपालगन्जमा शुरु हुँदैछ । केहीबेरमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले स्नेह होटलमा साधारणसभाको उद्घाटन गर्दै छन् । साधारणसभाका लागि बिभिन्न जिल्लाका महिला उद्यमीहरु सहभागि छन् ।
महिला उद्यमी संघ बाँकेकी महासचिव साबित्रा बस्नेतका अनुसार , साधारणसभामा देशमा महिला उद्यमीको अवस्था र आगामी दिनमा चाल्नुपर्ने कदमका बिषयमा बिस्तृत छलफल हुने छ ।


प्रकाशित मितिः     ६ पुष २०७५, शुक्रबार ११:२३  |
error: Content is protected !!