उप-प्राध्यापक अशोक बस्नेतको नजरमा आर्थिक राजधानी र उद्योगक्षेत्रका चुनौती


आर्थिक बहस कार्यक्रममा आफ्ना धारणा राख्दै उपप्राध्यापक बस्नेत । तस्बिर सौजन्य : सुनिल सिंघल ।

बाँके : प्रदेशको बर्तमान बनावटप्रति चित्त दुखाईरहेको बाँके त्यसमा पनि नेपालगन्जमा आर्थिक बहसको थालनी भएको छ । आर्थिक राजधानी केन्द्रित बहसको थालनी गरिरहेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले त प्रदेशको राजधानी पनि नदिने र आर्थिक राजधानी पनि नबनाउने हो भने बाँके प्रदेश ५ मा दास भएर बस्न नसक्ने चेतावनी दिन्छन् । धेरै कारणले बाँके राजधानी बन्न सक्ने तर्क दिदै बैश्यले त्यसलाई प्रोत्साहन गर्न राज्यले ध्यान दिनुपर्ने बताए । नत्र कर्णाली प्रदेशमा गाभिने आन्दोलन सुरु गर्न सकिने बैश्यको भनाई छ ।
नेपालगन्जलाई आर्थिक राजधानी बनाउने भन्ने कुरा सुन्दा प्रिय लाग्छ, यथार्थमा उत्तिकै चुनौतीपूर्ण पनि देखिन्छ । व्यवहारिकरुपमा के साच्चिकै नेपालगन्ज आर्थिक राजधानी बन्छ त ? यो सपना मात्र होकी यथार्थ पनि ? यि बिषयमा बहस गर्नुपर्ने देखिन्छ । प्रदेश ५ को अस्थायी राजधानी भएको जिल्ला हो, रुपन्देही । जहाँ देशकै धेरै उद्योग, कलकारखाना दर्ता छन् । यता सुदुरपश्चिमको कैलालीमै बाँके भन्दा धेरे उद्योग दर्ता भएका छन् । यस्ता कुराले नेपालगन्ज दिर्घकालिनरुपमा आर्थिक हब बन्ने की नबने भन्ने बिषयलाई प्रभावित गर्ने आर्थिकक्षेत्रमा दखल राख्ने महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक अशोक बस्नेत बताउँछन् । उनी भन्छन्,–‘आर्थिक हबको कुरा उठ्नु असाध्यै सकारात्मक हो । तर यो कुरा गर्नमा मात्र सिमित हुनुहुदैन । साच्चिकै बहस नै गर्ने हो भने नजिक रहेका जिल्लामा भइरहेको औद्योगिक विकासका कुराले हामीलाई प्रभावित गर्छ की गर्दैन भन्ने कुराको अध्ययन हुन जरुरी छ ।’
अन्यत्र भइरहेका आर्थिक विकासले नेपालगन्जलाई उछिन्ने पो होकी भन्ने चिन्ता समेत प्रकट गर्न थालिएको छ । त्यसले आर्थिक क्षेत्रमा समेत नेपालगन्जलाई पछि पार्ने होकी भन्ने आशंका छ । उपप्राध्यापक बस्नेतले पूर्वाधार निर्माण, सीमाबर्ती भारतीय भन्सारको स्तरबृद्धि, राजनीतिक पहुँच जस्ता कुराले आर्थिक हब निर्माणको कुरालाई प्रभावित पार्ने बताए । ‘ नेपालगन्जले आर्थिक राजधानी हुने अधिकार राख्छ । तर त्यसका लागि ठोस नीति आवश्यक छ ।’– बस्नेतले  भने ।

आर्थिक राजधानी बाहेक बस्नेतले यहाँ रहेको उद्योग सन्चालनका थुप्रै मुद्दा उठाएका छन् । जस्तै :

-श्रमिकको उत्पादकत्वको ठुलो समस्या छ । उद्योग सन्चालनमा यो कुराले निकै महत्व राख्छ । हामी कहाँ श्रमिकको उत्पादकत्व कस्तो छ भन्ने कुरा भुक्तभोगी उद्योगीलाई थाहा छ । यो अवस्थाको अन्त्य हुन जरुरी
छ ।

-बिदेशबाट सामान ल्याउने अनि बिक्री मात्र गर्ने हो भने आर्थिक राजधानीका कुरा नगरौं । त्यसरी आर्थिक राजधानी बन्दैन । उद्योगलाई प्रोत्साह गर्नै पर्छ ।

-अर्को समस्या भनेको उद्योग सन्चालनका लागि आवश्यक पूर्वाधारको हो । यहाँ जग्गा, जमिन यति महंगो छ की कुनै उद्योगीलाई जग्गा किनेर उद्योग सन्चालन गर्न हम्मेहम्मे पर्छ । उद्योगमा लगाउने पैसा जग्गा किन्नमै ठिक्क हुन्छ । उद्योग सन्चालनका लागि अलग्गै जमिनको व्यवस्था गर्ने कुरा उठेको धेरै भयो तर कार्यान्वयन भएको छैन ।


-हाम्रो देशमा उद्योग क्षेत्रलाई नियमन गर्न बसेका निकाय भद्रगोल भए । एउटा उद्योगीले आफ्नो उद्योग सन्चालनका लागि २१ वटा निकाय धाउनुपर्छ, त्यो पनि कर्मचारी पठाएर हुँदैन मालिक नै जानुपर्ने अवस्था छ । त्यो उद्योगीले उद्योग सन्चालन गरोस्की सरकारी निकाय धाउने काम गरोस् ? जबसम्म उद्योग सन्चालनका लागि एकद्धारप्रणाली आउदैन तवसम्म यस्ता झण्झटको अन्त्य हुँदैन । कहिले हुने हो हेर्न
बाँकी छ ।

-पछिल्लो समय नयाँ पुस्ता उत्पादनमुखी क्षेत्रका आर्कषित छ । उनीहरुलाई सरकार, उद्योग वाणिज्य संघ जस्ता निकायले प्रोत्साहित गर्न जरुरी छ ।

-हामी उद्योगी, व्यवसायीले पनि पुरातनबादी सोंच त्याग्नुपर्यो । पुरानै ढर्राबाट छिटो कमाईहाल्ने भन्ने सोंच अन्त्य गरी ‘ लङ्गटर्म भिजन’ लिएर अघि बढ्नुपर्यो । राजनीतिक संक्रमणकालका बेला त्यस्तो सोच्नुपर्ने बाध्यता थियो होला । तर अहिले स्थिरता आएको छ । यस्तोबेला कम्तिमा १५ वर्षसम्मको दिर्घकालिन सोंच राखेर उद्यमक्षेत्रमा लाग्दा धेरै राम्रो हुन्छ । यसले स्थायीत्व दिन्छ ।

प्रकाशित मितिः     ६ पुष २०७५, शुक्रबार २१:५५  |
error: Content is protected !!