अर्थमन्त्री खतिवडा आज  दिनभर  नेपालगन्जमा यसरी हुने छन् ब्यस्त


बाँके : संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा पहिलो पटक आज शनिबार नेपालगन्ज आउँदैछन् । अर्थमन्त्री खतिवडा दिनभर बिभिन्न कार्यक्रममा व्यस्त रहने छन् । उद्घाटनदेखि नेकपाका पार्टी कार्यकर्तासंग उनको भेटघाट छ । स्रोतका अनुसार अर्थमन्त्री खतिवडा  बिहान पौने नौं बजे काठमाण्डौंबाट नेपालगन्ज आउने  छन् ।

त्यस लगत्तै उनी आन्तरिक राजश्व कार्यालय नेपालगन्जको भवन उद्घाटनमा सहभागि हुने छन् । उक्त कार्यक्रम सकिएपछि उनी होटल कलपत्रुमा आयोजित नेपालगन्ज उद्योग वाणिज्य संघको २७ औं साधारणसभाको उद्घाटन गर्ने छन् । यहाँका उद्योगी, व्यवसायीहरुले अर्थमन्त्री खतिवडालाई उद्योग, व्यवसाय सन्चालनका बिषयमा देखिएका समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउने तयारी गरेका
छन् । अर्थमन्त्री खतिवडा नेपालगन्ज भन्सार निरिक्षणमा जाने सम्भावना रहेको छ ।

त्यहाँ पुगेर दिउँसो ३ बजेतिर नेकपा पार्टी कार्यालयमा कार्यकर्ताहरुसंग भेटघाटको कार्यक्रम राखिएको नेकपा नेपालगन्ज उपमहानगरपालिका कमिटिका सचिव दत्तप्रसाद आचार्यले जानकारी दिए । अर्थमन्त्री दिनभर नेपालगन्जमा व्यस्त रहने जनाईएको छ ।

प्रकाशित मितिः     ७ पुष २०७५, शनिबार ०८:२२  |