अर्थमन्त्रीको आश्वासन पछि छोटी भन्सार सन्चालनको आशा


बाँके :  अर्थमन्त्री डा युवराज खतिवडाले छोटी भन्सार सन्चालनको कामलाई सरकारले प्रोत्साहित गर्ने बताएपछि बाँके र बर्दियाका छोटी भन्सार पुन सन्चालनमा आउने आशा पलाएको छ । बिगतमा छोटी भन्सारहरु सन्चालन भएको भएपनि द्धन्द्धकाल पछि बन्द थिए । ती छोटी भन्सार सन्चालन हुनुपर्ने आवाज उठिरहेका बेला अर्थमन्त्रालयले छोटी भन्सार स्थापना गर्ने निर्णय गरेको हो ।
२०७५ मंसिर ३ गते गते रापजत्रमा यस सम्बन्धी बिबरण प्रकाशित भएको छ । जसमा अर्थमन्त्रालयले जारी गरेको सूचना राखिएको छ । नेपाल सरकारले भन्सार ऐन, २०६४ दफा ४ ले अधिकार प्रयोग गरी बाँके र बर्दिया लगायत देशभर भन्सार र छोटी भन्सार स्थापना गरेको अर्थमन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ । जस अनुसार बाँकेमा नेपालगन्ज भन्सार मातहत हुने गरी नरैनापुर, साईगाउँ, भगवानपुर, भगोटना, खडैचा, उदरापुर, सुईया बघौडामा छोटी भन्सार सन्चालन गर्ने निर्णय भएको उल्लेख छ ।
यस्तै बर्दियामा राजापुर भन्सार कार्यालय र गुलरिया, टपरा, धनौरा, छेदापुर, पडरिया, कोठियाघाट, ताराताल, गणेशपुर छोटी भन्सार सन्चालन गर्ने निर्णय भएको उल्लेख छ । केही दिन अघि नेपालगन्ज आएका अर्थमन्त्री खतिवडाले आन्तरिक राजश्व कार्यालयको भवन उद्घाटन गर्दै सरकाले छोटी भन्सार सन्चालन गर्ने कुरालाई उच्च प्राथमिकतामा राखेको र देशभर त्यस्ता छोटी भन्सारहरु सन्चालनमा आउने बताएका थिए । उनले द्धन्द्धकालमा बन्द भएका छोटी भन्सारका कारण राजश्व संकलनमा समेत प्रभावित बनेको बताएका थिए ।


प्रकाशित मितिः     ९ पुष २०७५, सोमबार ०९:२१  |
error: Content is protected !!