बाँके : बाँकेसंग जोडिएको भारत प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंग भेटघाट गर्न उद्योगी, व्यवसायीहरुको टोली लखनउ गएको छ । नेपाल उद्योग, वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको टोलीले मुख्यमन्त्री योगीसंग भेटघाट गरी यहाँका उद्योगी, व्यवसायीहरुका समस्याका बिषयमा कुराकानी राख्नुका साथै ब्यापार प्रर्बधनका बिषयमा छलफल गर्नेछ ।
नेपालगन्जकै स्थानीयबासिन्दा समेत रहेकी राणाले नेपालगन्ज उद्योग वाणिज्य संघको साधारणसभा उद्घाटनका क्रममा उत्तर प्रदेशका मुख्यमन्त्रीसंग भेटघाट गरेर यसक्षेत्रको ब्यापार व्यवसायमा उत्पन्न भइरहेका समस्या समाधान गर्नका लागि कुराकानी गर्ने बताएकी थिईन । नेपालगन्जसंग जोडिएको उत्तर प्रदेशका मुख्यमन्त्रीसंगको नेपाली व्यवसायीहरुको भेटघाटले यहाँका व्यवसायीहरुको समस्या समाधानमा निकै महत्व राख्ने छ । तर व्यवसायीहरुले मुख्यमन्त्रीसंग जोडदार कुरा राख्छकी राख्दैनन् भन्ने कुराले यसको अर्थ राख्ने छ ।
यहाँका उद्योगी, व्यवसायीहरुले जडिबुटीको निर्यात, रुपैडिया कस्टम लगायत बिभिन्न क्षेत्रमा समस्या भोग्दै आएका छन ।
जडिबुटी व्यवसायीहरुले त उत्तरप्रदेशका्े सरकारलाई नियम बिपरितको कर समेत दिनुपर्ने अवस्था छ । मुख्यमन्त्रीसंग भेटघाटमा नेपालगन्जबाट नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायत सहभागि छन् ।