बाँके : होटल व्यवसायी संघ बाँकेको साधारणसभा तथा जिल्ला अधिवेशन अनिश्चितकाका लागि स्थगित भएको छ । बिशेष कारण भन्दै संघले अधिवेशन स्थगीत गरेको अध्यक्ष मिनबहादुर थापाले जानकारी दिएका छन् । उनका अनुसार अर्को मिति तय नहुँदासम्म अधिवेशन रोकिएको छ । अर्को अधिवेशन कहिले हुन्छ भन्ने टुंगो छैन ।
१५ औं वार्षिक साधारणसभा तथा ९ औं जिल्ला अधिवेशन बुधवार होटल कल्पतरु, न्यूरोडमा हुने भनिएको थियो । यसअघि पुस सात गर्ने भनिएपनि त्यसबेला पनि मिति सारिएको थियो । अधिवेशनको दुई दिन अघि बिशेष कारण जनाउँदै अधिवेशन रोकिएको हो । अधिवेशनका लागि व्यवसायीहरु प्यानल बनाएर उम्मेदवारी घोषणा गरिसकेका थिए । काँग्रेस निकट व्यवसायीहरुले आईतबार मात्र उम्मेदवारी घोषणा गरेका थिए ।
![](https://i0.wp.com/arthapage.com/wp-content/uploads/2023/12/d556cba3-6c15-465f-b97a-f05decf1492e.jpg?resize=740%2C282&ssl=1)