नेपालगन्जदेखि दिल्ली बस सेवा शुरु हुँदै, मुख्यमन्त्री पोखरेलले उद्घाटन गर्ने


बाँके :  भेरी यातायात प्रालिले नेपालगन्जदेखि रुपैडिहा दिल्ली नियमित बस सेवा सुरु गर्ने भएको छ । नेपाल भारत यात्रुमैत्री बस सेवा पुस १४ गतेबाट शुरु हुने भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बस सेवाकोे उद्घाटन गर्ने छन् ।
नेपालगन्जबाट अरु बसहरुले दिल्लीसम्म यात्रु लैजाने गरे पनि उनीहरु बैध होइनन् । पर्यटकका रुपमा लैजाने अनुमति पाएका त्यस्ता बसहरुले यात्रु लैजानु नियम बिपरित हो । तर भेरी यातायात प्रालिले नेपाल भारत यातायत सम्बन्धी सम्झौता अन्र्तगत रही नेपालगन्ज दिल्ली बस सेवा सन्चालन गर्ने अनुमति पाएको अध्यक्ष गिरीले बताए ।
अब नेपालगन्जबाट दैनिक एउटा बस दिल्ली जानेछ । त्यस्तै उत्तर प्रदेश यातायात निगमको बस नेपालगन्ज आउनेछ । थोरै भाडादरमा सुविधा सम्पन्न बस सेवा सन्चालन गर्न लागिएको गिरीले बताए । भेरी यातायात प्रालिले चाडै लखउनमा बस सेवा सन्चालनको तयारी गरिरहेको छ ।

प्रकाशित मितिः     १२ पुष २०७५, बिहीबार ०९:१८  |