नेपालगन्जको निक्षेप, नेपालगन्जमै लगानी गर्छौ : गरिमा विकास बैंक


बाँके :  नेपालगन्जमा संकलन भएको निक्षेप नेपालगन्जमै लगानी गरिने गरिमा विकास बैंकले जनाएको छ । यहाँ संकलन भएको निक्षेपलाई अन्त लगेर लगानी गर्ने आफुहरुको उदेश्य नरहेको बैक प्रमुख कार्यकारी अधिकृत एवंक सन्चालकहरुले प्रतिवद्धता जनाएका छन् । बिहिवार बैंकको ६० औं शाखा उद्घाटन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले यहाँ संकलन भएको निक्षेप नेपालगन्जको उद्योग, व्यवसाय सन्चालनमै प्रयोग हुने बताए ।

यहाँ संकलन भएको निक्षेप लगेर अन्त लगानी गर्छ की भन्ने नसोच्न ढकालले आग्रह गरे । बरु अरु क्षेत्रको निक्षेप यहाँ लगानी गरी नेपालगन्जको आर्थिक विकासमा सहयोग पुर्याउने उनले बताए । आफुहरुको बैंक शाखा स्थापनाले आर्थिक विकासमा टेवा पुर्याउने बताउँदै प्रमुख कार्यकारी अधिकृत ढकालले हरेक नागरिकमा बित्तिय पहुंच पुगोस भन्ने उदेश्य रहेको उनले बताए ।

बैंकका अध्यक्ष चन्द्रकान्त बरालले हरेक रु दश हजारदेखि ८० करोडसम्म लगानी गर्न सकिने बताए । आफुहरु शहर मात्र नभई ग्रामिण केन्द्रितसमेत रहेको बरालले जनाए । २०६४ सालमा स्थापना भएको गरिमा विकास बैंक अहिले देशभर ६६ शाखा बिस्तार गरी सन्चालन भइरहेको छ । उक्त बैंकका ५० प्रतिशत शाखा ग्रामिणक्षेत्रमा छन् ।
 एक महिना अघि नेपालगन्जमा सन्चालनमा आएको उक्त बैंकको नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवल शमसेर राणाले रिवन काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा बैंकका सन्चालकहरु, नेपालगन्ज उद्योग वाणिज्य संघका ्अध्यक्ष नन्दलाल बैश्य, राष्ट बैंक नेपालगन्जका निमित्ति प्रमुख गुणराज भट्ट लगायतको सहभागिता थियो । बैंकका नेपालगन्ज शाखा प्रमुख तोयानाथ कंडेल नेपालगन्जका हरेक नागरिकस्तरमा गरिमा विकास बैंकलाई लैजाने र बैंकले दिएको सुविधा पु्रयाउने लक्ष्य रहेको बताए ।

प्रकाशित मितिः     १२ पुष २०७५, बिहीबार १४:३८  |