प्याब्सनको आयोजनामा नेपालगन्ज नगरस्तरिय बुद्धिचाल प्रतियोगिता सुरु


बाँके :  प्याब्सन नेपालगन्ज उपमहानगरपालिका समितिको आयोजनामा शुक्रबारदेखि दुईदिने नेपालगन्जस्तरिय महिला तथा पुरुष बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । शनिबारसम्म चल्ने प्रतियोगिता मोडल एकेडेमीमा शुरु भएको हो । पहिलो दिन दुई चरणका खेलहरुमा भएकोमा महिला तर्फ अस्मिता रावल, दिप्ती ढकाल र मिलि किरण पुनले समान २ अंक जोड्दै अग्र स्थानमा रहेका छन ।
उनीहरुलाई १.५ अंकका साथ एकता चौधरी र मेघा श्रेष्ठले पछ्याई रहेका छन । पुरुष तर्फ प्रज्वल देवकोटा, असिम बोहरा, प्रकाश बोहरा, निष्पक्ष जंग शाह र कृशु चौधरी समान २ अंकका साथ अग्रस्थानमा रहन सफल भएका छन । समितिका सचिव मान बहादुर थापाले संचालन गरेको उदघाटन समारोहको सभापतित्व समितिका अध्यक्ष विकास बज्राचार्यले गरेका थिए ।बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेत, बाँके जिल्ला बुद्धिचाल संघका अध्यक्ष धनराम वली लगाएतले शुभकामना मन्तव्य दिएका थिए । नेपालगन्जका २० वटा स्कुलले सहभागिता जनाएको उक्त प्रतियोगितामा प्रमुख निर्णायकको भूमिकामा पशुपति नाथ योगी र सहायक निर्णायक मदन वली रहेका छन । सो प्रतियोगितामा २० पुरुष र १५ महिला खेलाडी सहभागी रहेका छन । बाँकी रहेका ३ चरणका प्रतिस्पर्धाहरु शनिबार विहान ८ः १५ बजेबाट सुचारु हुनेछन ।

प्रकाशित मितिः     १३ पुष २०७५, शुक्रबार २०:४८  |