नेपालगन्जमा बहुउदेश्यी सभागृह : झण्डै दशकपछि जग्गामा पर्खाल लगाईदै


फाईल फोटो : बहुउदेश्यी सभागृह निर्माणस्थल, जहाँ संघले महोत्सव आयोजना गर्दै आएको छ ।

बाँके :  नेपाल सरकारबाट बहुउदेश्यी सभागृह निर्माणका लागि नेपालगन्ज सडक डिभिजन परिसरको १० बिगाहा जमिन भोगाधिकार पाएको झण्डै एक दशकपछि नेपालगन्ज उद्योग वाणिज्य संघले उक्त जग्गामा पर्खाल लगाउने काम सुरु गर्दैछ ।  भोगाधिकार प्रप्त जग्गालाई सुरक्षित राख्नका लागि संघले केही दिनमै पर्खाल लगाउने तयारी गरिरहेको अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष आचार्य जो २०६३ सादेखि २०६६ सालसम्म नेतृत्वमा रहे, उनको कार्यकालमा बहुउदेश्यी सभाहलको परिकल्पना गरिएको थियो । आचार्यकै कार्यकालमा सरकारबाट सडक डिभिजन परिसरको जग्गा निश्चित समयका लागि भोगाधिकार प्राप्त भएको थियो । एक अरवको उक्त प्रोजेक्ट सुरु गर्न संघले कम्तिमा रु ५ करोड लगानी गर्नुपर्ने सर्त छ । काम सुरु हुनु अघि जग्गामा आठ कोठाको भवन पनि बनाइसक्नुपर्ने छ । तर भोगाधिकार पाएर पनि सडक डिभिजनले जग्गा नदिदा काम सुरु गर्न समस्या भएको थियो ।
यसका साथै रु ५ करोड संकलन हुन नसकेपछि काम सुरु भएको थिएन । संघले सोही प्रयोजनका लागि तत्कालिन
अध्यक्ष सुनिलकुमार शर्माको पालादेखि महोत्सव आयोजना गर्दै आएको छ । कृष्णप्रसाद श्रेष्ठको पालामा दुई वटा महोत्सव आयोजना गरिएको थियो । गत वर्ष प्रादेशिक महोत्सव आयोजना भयो । यसपटक पनि सोही प्रायोजनका लागि महोत्सव गर्न लागिएको संघका अध्यक्ष नन्दलाल बैश्यले बताए । उनका अनुसार बहुउदेश्यी सभाहलका लागि हालसम्म तीन करोड रकम जम्मा भइसकेको छ । अब काम तिब्ररुपमा बढ्ने र यसका लागि अर्थमन्त्रीसम्म पटक पटक भनेको बैश्यले बताए ।

प्रकाशित मितिः     १३ पुष २०७५, शुक्रबार १७:५३  |