पहिलो पटक बाँकेमा पोल्ट्री दिवश मनाइदै, लागत अनुसार मुल्य नपाएको गुनासो


बाँके : बाँके र बर्दियाका कुखुरापाल व्यवसायीहरुले लागत अनुसारको मुल्य कायम गर्न नसकिएको दुःखेसो गरेको छन् । लागत मुल्य अनुसार मुल्य कायम नहुँदा व्यवसाय धरासायी बन्दै गएको उनीहरुको भनाई छ ।
मंगलबार नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा आयोजना गर्न लागिएको पहिलो पोल्ट्री दिवशको बारेमा जानकारी दिन सोमबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै कुखुरा पालक व्यवसायी संघ बाँकेका अध्यक्ष लालबहादुर खत्रीले उचित मुल्य नपाउँदा र भारत तथा अन्य जिल्लाबाट जथाभावी कुखुराहरु भित्रा्उँदा जिल्लाका कृषकहरु मर्कामा परेको बताए ।
कुखुरापालक कृषक संघ बर्दियाका अध्यक्ष महेश कुमार शाहले भारतीय बजारबाट कुखुरा आउने क्रममा धेरै रोकिएको भए पनि पुर्णरुपमा नियन्त्रणमा नआउँदा समस्या भइरहेको बताए । पोल्ट्री दिवश कार्यक्रम संयोजक यज्ञ प्रसाद सुवेदीले लागत अनुसारको मुल्य कायम गर्ने लगायतका बिषयमा सरोकारवाला निकायसंग बृहद छलफल गरिने बताए । दिवशको अवसरमा नेपालगन्ज बजार परिक्रमा गर्नुका साथै बिभिन्न अन्तरक्रिया गरिनेछ ।

प्रकाशित मितिः     १६ पुष २०७५, सोमबार ११:२२  |