बाख्रा ब्यापारमा लागेका किसानको वार्षिक आय साढे ५ लाख बनाउने लक्ष्य


बाँके : हेफर नेपाल, बाँके सहकारी संघ र बाँके बाख्रा व्यवसायी केन्द्रले आगामी दुई वर्षभित्र बाँके र बर्दियाका बाख्रापालक साना किसान परिवारको वार्षिक आय ५ लाख ५७ हजार पु¥याउने लक्ष्य लिएको  छ । हेफरले साना किसानलाई बाख्रापालनका लागि प्राविधिक र बजारीकरणको सहयोग गर्दै आएको छ ।
सोही संस्थाको प्राविधिक सहयोगमा बाँकेको राप्तीसोनारी गाउँपालिका ढकेरीमा बाख्रा व्यवसाय केन्द्र समेत स्थापना गरिएको छ । सामाजिक उद्यमी महिला जिल्ला सहकारी संघ बाँकेद्धारा सन्चालनमा रहेको उक्त केन्द्र मार्फत बर्दिया, दागंका समेत १५ हजार किसानलाई बजारसंग जोड्ने काम भइरहेको हेफरले जानकारी दिएको छ ।  उक्त केन्द्रमा एक पटकमा ५ सय बाख्रा राख्न सकिन्छ भने वार्षिकरुपमा दश हजार खसी सामुहिकरुपमा संकलन गरिन्छ ।

आगामी दुई वर्षभित्र यो संख्या बढाएर ३० हजार पु¥याउने लक्ष्य रहेको हेफरको भनाई छ । आगामी दुई वर्षमा यसको बजारीकरण र व्यापारमा बृद्धि भई साना किसानको आयमा निकै बृद्धि गर्ने लक्ष्य रहेको जानकारी दिईएको छ । उक्त केन्द्रले बाख्राको बजारिकरण मात्र नभई बजारको माग अनुसार उत्पादन बढाउनका लागि बिभिन्न सेवाहरु प्रदान गर्दै आएको छ । पशु स्वास्थ्य सेवा, कर्जा, बजार बिमा जस्ता सहयोग हुँदै आएको हेफरले जानकारी दिएको छ । आईतबार केन्द्रको कृषि मन्त्री चक्रपाणी खनालले उद्घाटन गरे ।

प्रकाशित मितिः     १६ मंसिर २०७५, आईतवार १९:३९  |