धेरै प्रकारका आरोह, अवरोह व्यवहोरे पनि नेपालगन्जले आर्थिक क्षेत्रमा सन्तोषजनक प्रगति गरिरहेको छ । यो देशकै प्रमुख आर्थिक शहर मध्ये एक हो भने पश्चिम नेपालको त प्रमुख शहर नै हो । राज्यको अस्पष्ट नीति र बिभिन्न खालखण्डमा भएका राजनीति संघर्षको मारमा परेपनि पछिल्लो समयमा यसले आफ्नो लय समातेको छ । लय अनुसार अघि बढ्दै जाने हो भने नेपालगन्जको भविष्य अति नै उज्वल देखिन्छ । हामी आर्थिक शहर उन्मुख भएका छौं । यसलाई पूर्ण बनाउन नीजि क्षेत्रले राज्यलाई दबाब दिन जरुरी छ । बिभिन्न राजनीतिक आन्दोलनका क्रममा उद्योग व्यवसाय बन्द भए । उद्योगी, व्यवसायी पलायन भए । तर देशले सही राजनीति गति समातेपछिका दिनहरुमा भने उद्योग स्थापना गर्ने क्रम बढेको छ ।
धेरै नयाँ उद्योगहरु यति बेला सन्चालनमा आएका छन् । लगानीकर्ता उत्साहित छन् । जिल्लाभित्र र बाहिरबाट समेत लगानीको आर्कषण भएको पाईन्छ । यहाँ ठुला ठुला उद्यागहरु पहिलेदेखि नै रहेका छन् । सात प्रदेश मध्येमा यो पाँचौ प्रदेशमा लगानीको प्रचुर सम्भावना रहेको छ । प्रादेशिक हिसावले पनि यो मुख्य नाकाको रुपमा रहेको हुँदा यो प्रदेशलाई नेतृत्व गर्ने गरी यस क्षेत्रमा अन्य उद्योगहरु आउने क्रम जारी रहेको पाएका छौं । समग्रमा भन्दा नेपालगन्ज केन्द्रबिन्दुका रुपमा विकास हुँदैछ । बाँके जिल्लामा ठुला—ठुला चामल उद्योगहरु बन्द भए । अन्य उद्योगमा खासै असर परेको देखिदैन । जुन उद्योगहरु बन्द भए त्यसको खोजी गर्न आवश्यक छ । बन्द उद्योगलाई सन्चालन गर्ने वातावारणको सिर्जना गरिनुपर्छ । त्यस प्रकारका काममा नीजि क्षेत्र र सरकार पक्ष संगसंगै हुनुपर्छ । द्धन्द्धकालीन अवस्थामा कच्चा पदार्थ लगायत बिभिन्न कारणले केही उद्योगहरु बन्द भए । यसको मुल समस्या भनेकै राजनीति अस्थिरता हो । त्यस्तो अब फेरी हुन नदिन हामी सचेत र सजग बन्नुपर्छ । नेपालगन्ज भारतको सीमासंगै सिंधै जोडिएको यस ।
यस क्षेत्रमा तेस्रो मुलुकबाट आउने कच्चा पदार्थहरु सिंधै संलग्न हुने हुँदा तेस्रो मुलुकबाट आउने समान पनि सीमाको कारणले गर्दा आर्कषक पनि छ र संससंगै कृषिको लागि बर्दिया, राप्तीपारी महत्वपूर्ण साना कृषि उद्योगहरु पनि आत्मनिर्भर हुन सक्ने उद्योगहरुको प्रशस्त सम्भावना छ । बाँकेको राप्तीपारी क्षेत्रमा व्यवसायीक कृषि खेती गर्न सकिने र अन्य कराहरु रहेको हुँदा एकदमै आवश्यक देखिएको छ । कृषि र साना उद्योगहरुको धेरै सम्भावना छ । यि सबै कार्यका लागि व्यवसायीक्षेत्रमा जागरण गराउन पनि आवश्यक छ । उद्योगी, व्यवसायीहरुलाई प्रोत्साहित गर्नका लागि अन्तरक्रिया, बहस र छलफलहरु भए पनि भईरहेका छन् । अझ यसलाई क्रियाशिल बनाउन जरुरी देख्छु । कर शिक्षाका बारेमा अहिले पनि कार्यक्रम भइरहेका छन् । त्यो बाहेक सम्भावित उद्योगहरुका बारेमा बिज्ञसंग छलफल गरेर अघि बढ्नुपर्छ । उद्योग वाणिज्य संघले कर शिक्षालाई महत्व दिएको छ । अन्जानमा गर्ने गल्तीका कारण व्यवसायीहरुले ठुलो मर्का झेल्नुपर्छ । कर शिक्षालाई हामीले महत्व दिएर अघि बढ्नुपर्छ । व्यवसायीका लागि यो महत्वपूर्ण काम हो ।
त्यसैगरी उहाँहरुलाई सम्भावित उद्योगका बारेमा जानकारी गराउनुपर्छ । नेपालमा मुख्य समस्या भनेकै जनशक्तिको कमी होे । आवश्यक र दक्ष जनशक्तिले गर्दा उद्योगीलाई पिरोल्छ । हामीसंग प्राविधिक ज्ञान भएको जनशक्ति ज्यादै कम छ भन्दा फरक पर्दैन । प्राविधिक ज्ञान नभएको जनशक्ति हामी कहाँ नभएपछि भारतबाट ल्याउनुपर्छ । रोजगारी नपाएर हजारौं युवाहरु भारत गएका बेला हामीले उद्योग चलाउन अर्को देशबाट कामदार ल्याउनुपर्ने कुरा दुर्भाग्य नै हो । भएकै जनशक्ति समेत नेपालमा नबसेर अन्य देशमा जान्छन् । अरुलाई दक्ष बनाउन नै सकिएको छैन । हामीले अब यता तर्फ पनि ध्यान दिन जरुरी भइसकेको छ । धेरै लामो समयदेखि परिवर्तनका नाममा आन्दोलनहरु भए । यि सबै आन्दोलन राज्यसत्ता परिवर्तका लागि मात्रै थिए । अब आन्दोलनको अन्त्य भएको जस्तो लाग्छ । भाषणमा मात्र नभई आम जनता, आम व्यवसायी महानुभावले आत्मनिर्भरको निम्ति यसलाई आन्दोलनको रुपमा लिनुपर्छ जस्तो लाग्छ । अब आर्थिक क्रान्तिका निम्ति आन्दोलन गर्नुपर्छ । यसको सन्देश जनतामा जानुपर्छ ।
(कुराकानीमा आधारित)