जग्गा खरिद यि कुरामा ध्यान दिनुहोस्


राम्रो घर मानिसहरूको पहिलो प्राथमिकतामा पर्छ । जग्गामा लगानी गर्नुपूर्व त्यसको औचित्य तथा उपयुक्त प्रतिफलबारे विचार पुर्‍याउनुपर्छ । सही तरीकाले जग्गाको छनोट गर्न सकियो भने त्यसबाट राम्रो प्रतिफल लिन सकिन्छ । जग्गा लगानीका लागि उपयुक्त ठाउ हो ।

जग्गा खरीद गर्नुअगाडि निम्नलिखित बुँदामा ध्यान दिनु आवश्यक छ

सर्वप्रथम जग्गा खरीद गर्दा लाग्ने कुल खर्चको हिसाब गर्नुहोस् । के तपाईको बजेटले त्यो जग्गा खरीद गर्न पुग्छ रु यदि ऋण लिएर जग्गा खरीद गर्दै हुनुहुन्छ भने त्यसले निम्त्याउने कठिन परिस्थितिका बारेमा पहिले नै विचार गर्नु उपयुक्त हुन्छ ।

जग्गा खरीद गर्नुपूर्व त्यसलाई कुन प्रयोजनका लागि उपयोग गर्ने हो भन्ने निक्र्योल गर्नुपर्छ । सम्भावित ग्राहकको आवश्यकतालाई ध्यानमा राखी जग्गामा केही आवश्यक सुविधा थप गर्न सकिन्छ । यसो गर्दा उचित मूल्यमा जग्गा भाडामा पनि लगाउन सकिन्छ ।

सरकारले त्यस क्षेत्रमा कस्ताकस्ता योजना बनाएको छ । त्यस क्षेत्रमा भविष्यमा बाटो, पुललगायत अन्य संरचना निर्माण योजना छ/छैन, यसबारे अध्ययन गर्नुपर्छ । यस्ता संरचनाको निर्माणले भविष्यमा जग्गाको मूल्यमा ठूलो वृद्धि हुन्छ भने कतिपय स्थानमा योजनाले समस्या उत्पन्न पनि गर्न सक्छन् । यी सबै कुराको अध्ययनले तपाईंलाई भविष्यमा हुन सक्ने लाभ तथा क्षतिबारे पूर्वजानकारी प्राप्त हुन्छ ।

भविष्यमा तपाईंले खरीद गर्ने जग्गाले कति मुनाफा दिन सक्छ । तपाईंले खरीद गर्न लागेको जग्गा बजारमा चलेको मूल्यभन्दा बढी हो कि होइन, त्यो बुझ्न जरुरी हुन्छ । यसबाट तपाईंले जग्गाबाट लिन सक्ने फाइदाबारे जानकारी पाउन सक्नुहुन्छ । साथै, जग्गा खरीदबाट अन्य क्षेत्रमा तपाईंलाई हुन सक्ने फाइदासमेत थाहा हुन्छ ।

जग्गा खरीद गर्नुपूर्व राम्रोसँग यस क्षेत्रको अनुसन्धान गर्नु आवश्यक हुन्छ । यस्तो अध्ययनले जग्गाको महत्वबारे थाहा पाइने हुनाले भविष्यमा जग्गाको विकासमा तपाईंलाई ठूलो सहयोग मिल्न सक्छ । जग्गाको खरीदबाट तपाईंले आफनो बजेटअनुसारको सम्पत्ति सुरक्षित गर्न सक्नुहुन्छ ।

आर्थिक अभियानबाट

प्रकाशित मितिः     १९ मंसिर २०७५, बुधबार ०७:५३  |