व्यवसायिक भैंसिपालनका लागि तालिम लिदै महिला


बाँके : बैजनाथ— ५ की बाटु सुनार पाँच वर्षदेखि व्यवसायिकरुपमै भैंसि पालन गर्दै आएकी छन् । तर व्यवसायिक दक्षता कमी छ । परम्परागतरुपमा उनले दशवटा भैंसिपालन गरिरहेकी छन् । भैंसिपालन सम्बन्धित सिपको आवश्यकता परेपछि बुधवार खजुरामा सुरु भएको व्यवसायिक भैंसिपालन तालिममा उनले सहभागिता जनाएकी  छन् । ‘पहिला घरपरिवारमा जसरी पालेका थिए । अहिले पनि त्यसै गरी भैसिपालन गर्दै आएका छौं । अब अलि फरक सिप सिक्न थालेका छौं ।’—बाटुले भनिन् ।
कृषि तथा पशुपालनक्षेत्रमा लागेका अधिकांसले परम्परागत सिप नै प्रयोग गर्दै आएका छन् । जसमा श्रम धेरै लागेर कृषकलाई निकै दुःख हुन्छ । तर अब व्यवसायिक दक्षतका बिषयमा कृषकहरुलाई प्रशिक्षण दिने काम सुरु गर्न लागिएको छ । निर्धन उत्थान लद्युबित्त संस्था लिमिटेड खजुरा शाखाको आयोजनामा बुधवारबाट भैंसिपालन तालिम सुरु गरिएको शाखा प्रमुख लेखनाथ काफ्लेले बताए । ‘भैसिपालनसंग संगै व्यवसायिक दक्षताका बिषयमा पनि प्राविधिकहरुले तालिम दिनुहुन्छ ।’
कार्यक्रमको उद्घाटन गर्दै खजुरा गाउँपालिकाकी उपप्रमुख एकमाया बिकले सिप सिकेका कुरा व्यवहारमा लागु गर्नुपर्ने बताईन । उनले सहकारी तथा बित्तिय संस्थाबाट लिएको ऋणको सही सदुपयोग गर्नुपर्नेमा जोड दिईन ।

प्रकाशित मितिः     १९ मंसिर २०७५, बुधबार १३:५१  |