केवाइसी (KYC) फर्म भनेको के हो ? के तपाईले भर्नुभयो ?
प्रकाशित मितिः
1333 Views
अर्थ संवाददाता
भार्गव विकास बैंकले आफ्ना ग्राहकहरुलाई केवाईसी फारम भर्न आग्रह गर्दै जारी गरेको सूचना ।
अवैधानिक तरिकाबाट कमाएको पैसा कसैले पनि बैंकमा नलुकाउन् र उक्त सम्पति सही स्रोतबाट आएको हो भन्ने बुझ्नको लागि हरेक बैंकहरूले केवाइसी फर्भ भराउने गर्छन् । यसबाट ग्राहकको बारेमा सम्पूर्ण जानकारी लिन सकिने शीर्षकहरू राखिएको हुन्छ । यसको पुरा रुप ‘Know your customer’ भन्ने हुन्छ जसको अर्थ आफ्नो ग्राहक पहिचान विवरण भन्ने बुझिन्छ । त्यसैले बैंकहरूले ग्राहकलाई KYC फर्भ भराउँछन् । कुनैपनि बैंकमा खाता हुने बित्तिकै यो फर्म अनिवार्य रूपमा भर्नुपर्छ ।
किन यो फर्म भर्नुपर्छ ?
यसलाई भरेपछि बैंकसँग तपाईको बारेमा पछिल्लो जानकारी हुन्छ जसले तपाईलाई कारोबार गर्न सजिलो बनाउँछ
नेपाल राष्ट्र बैंकलेनै बैंकहरूलाई यो KYC अनिवार्य रूपमा भर्न लगाएकाले यसलाई नभर्दा पछि बैंकिङ्ग कारोबारमा झण्झट हुन सक्छ ।
यसमा के के जानकारीहरू भर्नुपर्छ ?
सामान्यतया बैंकहरूले यो फर्ममा भराउने विवरणहरू एउटै हुन्छन् जो निम्नानुसार छन्
खाता नम्बर
नाम (आफ्नो¸ बुवा/आमा र हजुरबुवाको नाम)
पेशा
औषत वार्षिक आय
नागरिकता वा पासपोर्ट वा सवारी लाइसेन्स नम्बर
डेभिड वा क्रेडिट कार्ड लिएको भए त्यसको नम्बर
यदि कुनै व्यवसाय गर्ने भए
व्यवसायको विवरण (व्यापार¸ उद्योग वा सेवामुलक के हो खुलाउने)
औषत वार्षिक कारोबार
पान नम्बर वा भ्याट नम्बर
ठेगाना
स्थायी ठेगाना (कागजपत्रमा हुने अनुसारको)
अस्थायी ठेगाना (अहिले बसिरहेको ठाँउको ठेगाना)
कागजपत्रहरू
स्थायी ठेगाना भए घरधनीको पहिचान खुल्ने कागजपत्र
अस्थायी ठेगाना भए घरमुलकीको विवरण भएको कागजपत्रको फोटोकपी
परिवारका सदस्यहरूको नाम थर¸ नागरिकता नं¸ नागरिकता जारी भएको ठेगाना र मिति
हाल बसोबास गरिरहेको स्थानसम्म पुग्ने नक्सा (नक्सा बनाउने ठाँउ फर्ममै हुन्छ)