बाँके : कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले लद्यु उद्यम विकास कार्यक्रम सन्चालन सम्बन्धी आशयपत्र पत्र रद्ध गरेको छ । आशयपत्र पत्र दर्ता गर्ने अन्तिम म्यादको अघिल्लो दिन बिहिवार सूचना जारी गर्दै हाललाई लद्यु उद्यम विकास कार्यक्रम सन्चालन सम्बन्धमा माग गरिएको आशयपत्र रद्ध गरिएको जानकारी गराएको छ ।
कर्णाली प्रदेशको १० वटा जिल्लामा लद्यु उद्यम विकास कार्यक्रम सन्चालन गर्नका लागि मंसिर ७ गते व्यवसायी विकास केन्द्र तथा संघसंस्थाहरुसंग आयशपत्र माग गरेको थियो । शुक्रबारसम्म अन्तिम म्याद भएपनि अचानक बिहिवार उक्त आशयपत्र हालाई रद्ध गरेको सूचना जारी भएपछि सरोकारावालाहरु अचम्मित भएका छन् । के कारणले गर्दा रद्ध गरिएको भन्दै चासो व्यक्त गरिएको छ । मन्त्रालयले जारी गरेको सूचनामा प्राविधिक कारणबस उक्त आयशत्र रद्ध गरिएको उल्लेख छ ।
मन्त्रायलयले हालसम्म दर्ता भएका आशयपत्र फिर्ता लैजान पनि भनेको छ । आमनागरिकलाई लद्यु उद्यममा जोड्नका लागि आर्थिक वर्ष २०७५\०७६ का लागि कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, जाजरकोट, सल्यान, रुकुममा कार्यक्रम गर्ने योजना बनाईएको छ ।