नेपालगन्ज उपमहानगरपालिकामा सूचना प्रविधिको प्रयोग


लेखक= ई.घनश्याम बर्मा, सूचना प्रविधि अधिकृत, नेपालगंज उप-महानगरपालिका ict.nepalgunjmun@gm il.com

आजको युग भनेको बिज्ञान र प्रविधिको युग हो । हाम्रो दैनिक जीवन प्रविधिविशेषतया सूचना तथा संचार प्रविधिमानिर्भर छ ।  दिनानुदिन विकास हुने प्रविधि र यसको सुमुचित प्रयोगले आज समस्त मानव प्राणीनै उज्यालो र सहजताको महसुस गरेको पाइन्छ, जसमा हरेक पुस्ताकामान्छे विभिन्न माध्यम बाट रमाउदै गरेको स्मरणीय परिपेक्ष हाम्रो सामु रहेको देख्न पाइन्छ । हामी एकसेकेन्ड पनि सूचना तथा संचार प्रविधिबाट अलग रहन सक्दैनौ । जुनसुकै बेला पनि हामी अपडेट भैराख्नु पर्छ, अन्यथाहामी आफैलाई कुनैदुर्गम स्थानमा रहेको महशुस गर्न थाल्छौं।
अन्तर्राष्ट्रिय दुरसंचार संघ (आईटीयु) ले तयार पारेको गत वर्ष २०१७ को सूचना प्रविधि (आईसिटी) विकास सूचकांक प्रतिवेदन अनुसार सूचना प्रविधि विकासको नजरले हाम्रो देश नेपाल विश्वको १७६ मुलुकमध्ये १४० औ स्थानमा पर्न सफल भएको छ । बढीभिडभाड हुने मध्यको सार्वजनिक निकाय भनेको स्थानीय निकाय हो जहा जनतालेसरकारको उपस्थिति रहेको महशुस गर्न पाउनुका साथै बढी चासो हुने कार्यालयको रुपमा लिन सकिन्छ ।यसकारण पनि स्थानीय निकायले प्रविधि र प्रणाली संगसंगै यसको प्रयोगमा ल्याउनु अति आवश्यक
छ ।
पश्चिम नेपालमा पर्ने नेपालगंज उप-महानगरपालिका कार्यालय ले सूचना तथा संचार प्रविधि उच्चतम प्रयोग गरेको छ । चुस्त र छिटो छरितो सेवा प्रदानका लागी प्रविधिमैत्री प्रशासनको दिशामा अगाडी बढेको उप-महानगरपालिकाले प्रविधिको सक्दो प्रयोग गरेर यहाका सर्वसाधारणलाई सहज रुपमा सेवा सुविधा प्रदान गर्न अगाडी बढेको छ ।
नेपालगंज उप-महानगरपालिकाले आफुसंग भएको सुचनाहरु Digitalize गरि राखेको छ जसले गर्दा सूचना प्राप्त गर्न सजिलो हुन्छ, यो कार्यालयको लागि उच्च पहलकदम हो , यसले फाइलरढड्डाको प्रयोगमा कमि आउनकासाथै यसले कार्यालय सफा र लामो समय सम्म सो सूचना उपलब्ध हुने देखिन्छ । कानुनको शासन, भ्रस्टाचारमुक्त र चुस्त प्रशासन, आर्थिकअनुशासन तथा सार्वजनिक सेवा प्रवाह र स्रोतको कुशल व्यस्थापनमा यहाँ नगरपालिका मा भएको प्रविधिले एकदमै सहयोग पुर्याएको छ । करदाता तथा सेवाग्राहीको सहजताका लागि कर र राजस्व शाखामा आधुनिक Software को प्रयोग गरि bifll\ing गरिने गरिएको छ । ्साथैआम्दानी तथा खर्चको अविलेख राख्न Accounting Software, योजना Software, सम्पूर्ण स्रोत नक्शा तयार भएकोले नगरपालिका आफु सन्तुष्टिको अग्रपंतिमा रहेको पाइन्छ। उप-महानगरपालिकाका जनता तथा सेवाग्राहीलाई Digital बनाउन तथा प्रविधिसंगको पहुंच बढाउनका लागी विभिन्न ५ ठाउँमा—पार्क, अस्पताल, कार्यालय परिसर, सार्वजनिक स्थल० फ्री वाईफाई जडान प्रक्रिया अगाडी बढाएको छ, जसमध्ये बागेश्वरी मन्दिरमा जडान भइरहेको छ ।
यसैगरी कार्यालयलाई प्रविधिमैत्री बनाउनका लागी कार्यालय समयमा कर्मचारीको नियमित उपस्थितिका लागि बिद्धुतीय हाजिरी प्रणाली E-attendence   को प्रयोग भैरहेको छ जसले गर्दा कर्मचारी समयमा आउने र कार्यालय पछि मात्रै जान पाउने परिपाटी बसेको छ ।
कार्यालयमा जडान भएको इन्टरकमको प्रयोग गरी अन्तर शाखाबीच को सम्पर्क र समन्वय प्रभावकारी तरिकाले हुनको साथै पैसा रसमयको बचत पनि भएको छ ।
सहजता र द्रुत गतिमा सुचना प्रवाह तथा सुशासन प्रवर्दंनका लागी नियमित रुपमा अध्यावधिक गरिएको वेभसाइट (www.nepalgunjmun.gov.np),, आधिकारिक सामाजिक संजालका साइट(Facebook, YouTube, twitter),, मोबाइल (NepalgunjSubmetropolitan) मार्फत नागरिकले घरमै बसी बसी कार्यालयका सुचना प्राप्त गर्न सकेका छन् ।
कार्यालयले प्रदान गर्ने विभिन्न सेवा बारेजानकारीका लागी टोल फ्री नम्बरको पनि प्रयोग भएको छ । ्साथै कार्यालयको interactive tyf user friendly रहेको वेबसाइटमा नगर भित्रका सम्पूर्ण योजना, लागतरकम, योजना संचालन हुने स्पट को नक्शा र कुनै प्रतिक्रिया भए सो पनि सोही ठाउँमा गर्न सक्ने फीचर समेत राखिएको हुनाले नगरका वासिन्दाहरु सजिलै यसको प्रयोग गरि आवश्यक जानकारी लिइरहेको अवस्था छ ।
नेपालगंज उप-महानगरपालिकाको सम्पूर्ण गोष्ठी तथा संगठित समुहको बैठक जानकारीकालागी सामूहिक यस।यम।यस। प्रणालीको प्रयोग गरिएको छ, यो सेवाले जनशक्तिको कम प्रयोग हुनुका साथै सहजता र द्रुतगतिमा सूचना प्रवाह हुने गरेको छ । ्रसाथै न.पा.प्रमुख र कार्यालय प्रमुखले सिसिटिभी मार्फत कार्यालयको विभिन्न शाखा तथा परिसरमा भैरहेको कार्यसम्पादन अनुमान गर्नका साथै जनताको काममा पनि सहजता पुर्याउने छ ।
अहिलेको युगमा सुचनाको सहज पँहुच र समयमा कार्य सम्पादन हुन अति-आवश्यक छ, विभिन्न समयमा विविन्न मन्त्रालयबाट हुने परिपत्र र जानकारी प्रत्येक वडा कार्यालयले समयमा नै जान्नु आवश्यक हो । यसका साथै विकेन्द्रीकरण ररसार्वजनिक पहुँच सिद्धान्तका निम्ति जनतालाई अति(आवश्यक सुबिधा वडा मार्फत नै प्रदान गर्नुपर्ने सिद्धान्तले नगरका सबै वडामा इन्टरनेट जडान गरिएको छ, जसले गर्दा वडाका सम्पूर्ण लक्षित्त वर्ग,जेस्ठ नागरिक, बालबालिका लगायत अन्य सबै समुह लाई अनलाइन घटनादर्ता र सामाजिक सुरक्षा ब्यवस्थापन (VERSP-MIS) सबन्धित वडा कार्यालय मार्फतनै हुने गरेको छ, साथै जरुरी Emali, Google आदिको प्रयोग पनि भएको छ ्र यसका साथै सबै वडालाई नगरपालिका संग आवद्ध र जोड्नका लागी हाई अयलाष्नगचबतष्यल को सर्भर स्थापना र जडान प्रक्रियामा रहेको छ, जसले गर्दा Intranet को मार्फत offline पनि सबै वडामा क्यातधबचभ संचालन गर्न सकिन्छ । साथै सूचना प्रवाहलाई झन् प्रभावकारी बनाउनलाई डिजिटल सूचना पाटीको स्थापना गरिँदैछ ।
ई-गवरनेन्स अर्थात विद्धुतीय शासनको अवधारणा कार्यन्वयन गर्न सूचना तथा संचार प्रविधि अपरिहार्य छ । ई-गवरनेन्सले स्थानीय निकायको उत्तरदायीत्व र पारदर्शितामा जोड दिन्छ जुन असल शासन र तीव्र विकासका सूचक हुन् तसर्थ राष्ट्रको समग्र विकासका लागी स्थानीय निकायहरु सूचना तथा संचार प्रविधिमैत्री हुनु आवश्यक छ ।

मध्यपश्चिम सन्देश दैनिकको सूचना प्रविधि बिशेषबाट

प्रकाशित मितिः     २१ मंसिर २०७५, शुक्रबार १०:५४  |