आगलागीको घटनाप्रति औषधी व्यवसायी संघद्धारा दुःख प्रकट, राहात संकलन गरिने


बाँके : नेपालगञ्जमा बुधवार राती नेपालगन्ज शिक्षण अस्पताल अगाडी औषधी पसलमा भएको आगलागीको घटना प्रति औषधी व्यवसायी संघ भेरीले दुःख प्रकट गर्दै राहात संकलन गर्ने निर्णय गरेको छ । आगलागी घटनाका बिषयमा निर्णय लिन बिहिवार दिउँसो संघको आकस्मिक बैठक बसेको थियो ।
बैठकले आगलागीको घटनाबाट भएको क्षतीप्रति चिन्ता प्रकट गर्दै राहात संकलन गर्ने तयारी भएको अध्यक्ष अभयकुमार बस्नेतले बताए । उनले कार्यसमिति, केन्द्रीय समितिबाट राहात संकलन गरिने र स्थानीय तह, सरकारी निकायबाट पनि राहात संकलनका लागि पहल गर्ने निर्णय भएको छ ।
बैठकमा आगलागीको घटनाबाट जोगिन् उपाय र बिमाका बिषयमा पनि अनौपचारिकरुपमा छलफल भएका्े थियो । आगामी दिनमा यस्ता घटनाहरु न्दिन कस्ता उपाय अपनाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो । साथै व्यवसायीहरुले बिमा नगरेको पाईदा त्यसले झन मर्का पारेको बिषयमा पनि छलफल भएको थियो । संघका भेरी अन्चल सदस्य प्रदिप गुप्ताले बिमाका बिषयमा कडाईका साथ जानेकी भन्ने बिषयमा छलफल भएको छ । बुधवार राती आगोका कारण जलेका पसलहरुको पनि बिमा नभएको पाईएको छ ।

प्रकाशित मितिः     २० मंसिर २०७५, बिहीबार २१:१२  |