थारु समूदायको लोपन्मुख गहना कवाडमा बिक्री


बाँके : बाँकेमा बसोबास गर्ने आदिवासी थारु समूदायले लगाउने पुराना गरगहनाहरु कवाडको भाउमा बिक्री हुने गरेको पाईएको छ । संरक्षणको अभावमा त्यस्ता लोपन्मुख गरगहनाहरु खोज्दै जानेहरु हो कवाड राख्ने ठाउँ त कति पुराना भाडावर्तन रिफाईन गर्ने ठाउँमा भेट्न सकिन्छ । अत्यन्त आर्कषक तरिकाले बनाइएका गहनाहरुको मुल्य भने कवाडीले अति सस्तोमा खरिद गर्ने गरेका छन् । राना र देसाउरे थारु समुदायका महिलाहरुले आर्कषक तरिकाले बनाएका गहनाहरु लगाउने गर्छन । वाला, ट¥या, चु¥वा, कुकुमनका जस्ता गहनाहरु थारु समुदायमा लोकपृय छन् । त्यस्ता गहनाहरु चाँदी, ढलौट र गिल्टीबाट बनाईका हुन्छन् ।
थारु समुदायको कला र संस्कृति संरक्षण अभियानमा जुटेका होमस्टे एशोसियन नेपाल प्रदेश ५ का सचिव कृष्ण चौधरीले थारु समुदायमा प्रयोग हुने पुराना गरहगना कवाडमा भेटिने गरेको बताए । ‘निकै आर्कषक देखिने त्यस्ता गहनाहरु कवडामा देख्दा दुःख लाग्छ । संरक्षणको अभावमा यस्तो भएको छ ।’– चौधरीले भने । त्यस्ता गहनाहरु लोप हुने अवस्थामा रहेको चौधरीले बताए । आधुनिक गरगहनाको प्रयोगका कारण त्यस्ता गहनाहरु कवडामा जाने अवस्था आएको चौधरील् बताए । अहिले त्यस्तो गहनाका प्रयोग कमै देखिने गरेको पनि उनले बताए ।
होमस्टे मार्फत थारु र मुगाली समुदायको सांस्कृतिक पहिचान संरक्षणमा जुटेका कृष्ण चौधरी यतिबेला थारु समुदयाका ती पुराना गहना खोज्दै हिडिरहेका छन् । नेपालगन्जबाट मात्र उनले २५ केजि गरगहनाहरु महंगो पैसा हालेर खरिद गरी गाभरस्थित होमस्टेमा लगेर राखेका छन् । ‘कवाडीले ४\५ सय खरिद गरेको गहना मैले महंगो शुल्क किनेर खरिद गरेको छु । यस्तो गहना रिफाईन गरेर भाडाकुडा बनाउन दिनु भन्दा इतिहास जोगाउनका लागि खरिद गरेर लगेको छु ।’– चौधरीले भने ।


‘संरक्षण अभियान सुरु गरेका छौं’

कृष्ण चौधरी, सचिव, होमस्टे एशोसियसन, प्रदेश ५

थारु समुदायमा प्रयोग हुने गहनाहरु अत्यन्त आर्कषक कलाकृतीले सजिएका हुुन्छन् । यस्ता गहनाको इतिहास धेरै लामो पाईन्छ । यद्यपी अहिले त्यस्ता गहनाहरु घरमा होइन कवाडमा देख्न पाईन्छ । लगाउन छाडेका कारण सस्तो मुल्यमा ती गहनाहरु कवाडलाई बिक्री गर्ने गरेको पाईएको छ । मैले खोज्दै जादा यि गहनाहरु कवाड पसलमै भेटे । उहाँहरु ती गहनालाई रिफाईन गरेर भाडा बनाउने योजनामा हुनुहुन्थ्यो । तर मैले अलि धेरै शुल्क तिरेर भएपनि ती गहनाहरु घरमा ल्याएर राखेको छु । गहनाहरु नयाँ पुस्तालाई देखाउने सोंचमा छु ।

प्रकाशित मितिः     २२ मंसिर २०७५, शनिबार ११:५२  |