ऋणले बिजोग : जथाभावी ऋण दिनेलाई अनुगमन गर्न माग


बाँके : सहकारी र लद्युबित्तबाट ऋण लिएपछि शहरदेखि गाउँसम्म उत्पन्न भएका समस्या समाधान गरिनुपर्ने आवाज उठेको छ । त्यस्तो ऋण दिने समूहलाई कडा नियमन गर्न नसक्ने हो भने समस्या भयावह हुने सामाजिक अगुवाहरुको तर्क छ ।
बाँकेको खजुरा निवासी सामाजिक अगुवा शतिश निरौलाले सजिलो तरिकाले ऋण दिलाईदिन्छु भन्ने नाममा बढि ऋण असुल्ने काम भइरहेको बताए । यस्ता कार्य गर्ने समूहलाई स्थानीय तहले नियमन गर्नुपर्ने उनले बताए । यस्तै कोहलपुरस्थित सामाजिक तथा राजनीतिक आन्दोलनकी अगुवा बसन्ती अधिकारीले यस्ता गतिबिधि माथि निगरानी गर्नुपर्ने बताईन ।
यस्तै एउटै व्यक्ति धेरै समूहमा बस्नाले पनि समस्या सिर्जना भएको अर्जुन उप्रेतीले बताए । बाँकेको ग्रामिणक्षेत्रमा सहकारी, लद्युबित्त संस्थामा सदस्य बनेर ऋण लिएर ऋणीहरु बेपत्ता भएका छन् । यस्ता घटनाको उजुरी गाउँपालिकाको न्यायिक समितिसम्म पुग्न थालेको गाउँपालिकाका न्यायिक समितिको अध्यक्षले बताए । ऋण लिएकाहरुले आफु मात्र होइन समूहका सदस्यहरुलाई समेत डुबाएर बेपत्ता भएका छन् । श्रीमान, श्रीमती र बालबच्चा बोकेर कुलेलाम ठोकेका छन् । यस्ता मुद्दा लिएर सहकारी, लद्युबित्त सन्चाक र समूहका जमानी बसेका सदस्यहरु आउने गरेका खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बिकले बताईन ।


प्रकाशित मितिः     २२ मंसिर २०७५, शनिबार २०:२२  |
error: Content is protected !!