एमआईले नेपालगन्जमा ल्यायो आर्कषक मोवाईल


बाँके : एमआई कम्पनीका दुई वटा नयाँ मोडल आइतवार नेपालगन्ज सार्वजनिक गरि बजारमा ल्याएको छ । रेडमी नोट सिक्स प्रो मोडल नामक दुर्ई वटा मोवाईल सेट आइतवार केक काटेर बजारमा ल्याएको हो ।
ओली ट्रेड लिङक नेपालगन्जका म्यानेजिङग डाइरेक्टर चिरञ्जीवी ओली र टेली डाइरेक्ट प्रालिका एरिया सेल्स म्यानेजर जिवन अधिकारीले सयुक्त रुपमा केक काटेर दुई वटा मोडलको मोवाईल सार्वजनिक गरे । मोवाईलमा ४ जिवी ¥याम, ६४ जिवी इन्टरनल मेमोरि, २० मेगापिक्चर क्यामरा, फन्ट २०ं२ र रियल क्यामरा १२ ं५ मेगापिक्चरको क्यामरा सुविधा रहेको ओली ट्रेड लिङक नेपालगन्जका म्यानेजिङग डाइरेक्टर चिरञ्जीवी ओलीले जानकारी गराए ।
जसको बजार मुल्य २९ हजार रहेको छ भने अर्को २५ हजार मुल्य पर्ने म्यानेजिङग डाइरेक्टर ओलीले बताए । यस्तै अर्को मोडलमा ३ जिवी ¥याम, ३२ जिवी इन्टरनल मेमोरि, २० मेगापिक्चर क्यामरा, फन्ट २०ं२ र रियल क्यामरा १२ ं५ मेगापिक्चरको क्यामरा, ६.२५ इन्च डिस्प्ले भएको रेडमी नोट सिक्स प्रो बजारमा ल्याएके हो । जसको बजार मूल्य २५ हजार पर्ने ओलीले जानकारी गराए ।

प्रकाशित मितिः     २३ मंसिर २०७५, आईतवार १९:४४  |