पूर्वमन्त्री जनार्दन शर्माले महिला उद्यमीलाई भेटेर हौसला दिए


बाँके : पूर्वगृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का नेता जनार्दन शर्माले महिला स्वयं अघि सरेर गरेका उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । महिला स्वयंले गरेका उद्योगहरुलाई प्रोत्साहन गर्ने नीति अहिले अपर्याप्त भएका भए अझ प्रभावकारी बनाउन आफुले भुमिका खेल्ने पनि नेता शर्माले आश्वासन दिए ।
आईतबार नेपालगन्ज, घरबारीटोलस्थित न्यू लुम्बिनी गार्मेन्ट उद्योगको अवलोकन पछि पूर्व गृहमन्त्री शर्माले महिला आफै उद्योग सन्चालन गर्न अघि सर्नु उदाहरणिय कुरा भएको बताए । ‘यस्तो कार्यलाई प्रोत्साहन गर्न आवश्यक नीति बनाउन म पहल गर्छु ।’— पूर्व गृहमन्त्री शर्माले भने । कश्मिरा खातुनले सन्चालन गरेको गार्मेन्ट उद्योग नमुनाका रुपमा रहेको छ । आगलागी पछि पनि उनले मनोवलका साथ उद्योगलाई पुर्नजिवन दिएकी छन् ।
पूर्वगृहमन्त्री शर्माका साथै प्रदेश नम्बर ५ की सभाषद कृष्णा केसी नमुनाले पनि उद्योगको अवलोकन गरी खातुनले दिएको हिम्मतको अरु महिलाले पनि अनुशरण गर्नुपर्ने बताईन । उद्योग सन्चालिका खातुनले पूर्वगृहमन्त्री र प्रदेश सभाषदले आफुलाई काम गर्न उर्जा थपेको बताईन ।

प्रकाशित मितिः     २३ मंसिर २०७५, आईतवार १७:३२  |