प्रकाशित मितिः २५ मंसिर २०७५, मंगलवार २०:२६December 11, 2018 467 Views अर्थ संवाददाता बाँके : नेपालमा सञ्चालित सामुदायिक तथा निजी होमस्टेहरुको छाता सँगठन होमस्टे एशोशिएशन अफ नेपाल (होसान) को दोस्रो महाधिवेशन हुने भएको छ । काभ्रे जिल्लामा सञ्चालिन बल्थली सामुदायिक होमस्टेमा बसेको होसानको केन्द्रिय समितिको बैठकले माघ १८ देखि २० गते सम्म नवलपरासी जिल्लामा सञ्चालित पिप्रहर सामुदायिक होमस्टेमा महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसैगरी होसानका केन्द्रिय अध्यक्ष भिम बहादुर केसीको अध्यक्षतामा ४५ सदस्यीय मुल समिति गठन गरिएको छ । स्वागत सत्कार,प्रचार प्रशार, आर्थिक ब्यवस्पन, विधान शंशोधन, प्रतिवेदन लेखन र अन्तराष्ट्रिय सम्बन्ध सम्मन्वय समिति गठन गरिएको छ । महाधिवेशनबाट होमस्टे पर्यटनलाई ग्रामिण पर्यटनको प्रमुख आधारको रुपमा चिनाउन ब्यापक तयारी गरिने आयोजकले जनाएको छ । महाअधिवेशनमा होमस्टे पर्यटनलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन अन्तराष्ट्रिय स्तरको कार्याशाला गोष्ठि समेत गरिने निर्णय गरेको छ । होमस्टे एशोशिएशन अफ नेपाल (होसान) ६ वटा प्रदेशमा प्रदेश स्तरीय होसान कमिटि निर्माण गरिएको छ । करिव ३ सयको संख्यामा रहेकोसामुदायिक तथा निजी होमस्टेहरुबाट झण्डै ३ सय जना होमस्टेकर्मीहरुको सहभागिता रहने छ । Share this:Click to share on Twitter (Opens in new window)Click to share on Facebook (Opens in new window) प्रकाशित मितिः २५ मंसिर २०७५, मंगलवार २०:२६ |