बिजया धिताल बाँकेको सामाजिक, आर्थिक र राजनीतिक आन्दोलनको अगुवा महिला हुन । लामो समयदेखि बिभिन्न भूमिकामा रहेर उनले काम गर्दै आएकी छन् । सहकारी आन्दोलनको अभियानता समेत रहेकी धिताल नेपालगन्जको पुरानो मध्येको एक होलिका बचत तथा ऋण सहकारीको अध्यक्षका रुपमा गर्दै आएकी छन् । प्रस्तुत छ, नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका सहकारीका समस्या र समाधानका उपायका बिषयमा धितालसंग गरिएको कुराकानी :
बाँकेमा सहकारी अभियान कसरी सन्चालन भइरहेको छ ?
बिगतको भन्दा सुधारन्मुख छ । हिजो सहकारीप्रति मानिसहरुको कमै आर्कषण देखिन्थ्यो । तर अहिले हरेक ठाउँमा सहकारीका सदस्यहरु भेटिनुहुन्छ । सहकारी अभियानताको नाताले खुसीनै जनाउनुपर्छ, यस्ता कुराहरु देख्दा । आगामी दिनमा अझ सहकारीप्रतिको आर्कषण बढ्ने देख्छु म ।
सहकारीको संख्या मात्र धेरै तर त्यसले नतिजा भने खासै दिन सकेन भनिन्छ नी ?
सहकारी स्थापना गरेर मात्र भएन । त्यसको सिद्धान्त परिपालन भयो की भएन भन्ने कुरा महत्वपूर्ण हुन्छ । तपाईले भनेजस्तो सबै सहकारी सहकारीको भावना अनुसार चल्न नसकेको पनि हुनसक्छ । हामी अझै सिक्ने क्रममा छौैं । खासगरी बाँके लगायत पश्चिम नेपालमा सहकारी आन्दोलनले अझ ब्यापकरुप लिन सकिरहेको छैन । पूर्वी नेपालमा जाने हो मभने त्यहाँ सहकारीप्रति आमनगारिकहरुको आर्कषण असाध्यै छ । हरेक काम सहकारीकै माध्यमबाट हुन्छ । हाम्रो तर्फ त सहकारी भनेको ऋण दिने ठाउँ हो भन्ने बुझाई मात्र धेरै भयो की जस्तो लाग्न थालेको छ ।
अवस्था कतिसम्म आयो भने एउटै मान्छे जतिवटा सहकारीको सदस्य समेत बनिदिने , होइन ?
यसलाई म सहकारीको ठुलो समस्याका रुपमा लिन्छु । खासगरी नेपालगन्ज जस्ता शहरहरुका सहकारीमा यस्तो समस्या असाध्यै छ । बिशुद्ध ऋण लिनका लागि शेयर सदस्य बन्ने सोंचबाट हामी ज्यादै ग्रस्त भयौं । ऋण लिनकै लागि जतिवटा सहकारीको पनि सदस्य बन्ने कुराले सहकारीलाई अफ्ठ्यारो बाटोमा लैजान खोज्दैछ । सहकारी भनेको अत्यन्त पवित्र उदेश्यका साथ स्थापना हुने कुरो हो । तर यहाँ त यसो ऋण खाईहालौ भन्नका लागि सदस्य बनेझैं भइरहेको छ । तर त्यस्तो होइन सहकारीलाई सिर्जनात्मक काममा लगाउ ।
यसले कस्तो समस्या निम्त्याउँछ ?
धेरै ठुला समस्याहरु ल्याउँछ । पहिलो कुरा त सहकारी सहकारीबीच अस्वस्थय प्रतिस्पर्धा गराउँछ । दोस्रो एउटै व्यक्ति एउटै सहकारीमा नबसेर धेरैवटा सहकारीको सदस्य बन्दा कुनै पनि सहकारी राम्रो बन्न सक्दैन । बिशुद्ध ऋणनै खानका लागि सदस्य बनेपछि सहकारी राम्रो कसरी बन्छ ? अर्को कुरा एउटै व्यक्तिले धेरै सहकारीबाट लिएको ऋण तिरेन भने भोली डुब्ने त सबै सहकारी भएनी होइन ?
बिशुद्ध ऋण लिनका लागि शेयर सदस्य बन्ने सोंचबाट हामी ज्यादै ग्रस्त भयौं । ऋण लिनकै लागि जतिवटा सहकारीको पनि सदस्य बन्ने कुराले सहकारीलाई अफ्ठ्यारो बाटोमा लैजान खोज्दैछ । सहकारी भनेको अत्यन्त पवित्र उदेश्यका साथ स्थापना हुने कुरो हो । तर यहाँ त यसो ऋण खाईहालौ भन्नका लागि सदस्य बनेझैं भइरहेको छ । तर त्यस्तो होइन सहकारीलाई सिर्जनात्मक काममा लगाउ ।
धेरै ठाउँमा सदस्य हुन त तपाईहरुले नै रोक्नुपर्ने हो नी ?
सबैले के गरेका छन् म नभनौं । तर हामीले हरेक सेवाग्राहीलाई सकभर एउटै सहकारीको सदस्य बन्नुहोस् । त्यसैमा आफ्नो ज्ञान लगाउनुहोस । यसो गर्दा व्यक्तिगत र सहकारीलाई पनि राम्रो गर्छ भन्दै आएकी छु ।
यसको समाधानको उपाय के हो ?
समाधान त हुन्छ नै । सहकारी ऐनले नै धेरै ठाउँमा सहकारीको सदस्य हुनबाट रोकेको छ । उक्त ऐनको कडाईका साथ कार्यान्वयन हुने बित्तिकै समस्या समाधान हुन्छ ।
प्रसंग फेरौ, स्थानीय तहमा गइसकेपछि सहकारीको निगरानी स्थानीयतहबाटै हुँदै आएको छ । तर उनीहरुको सहकारीलाई नियमन गर्ने व्यवस्थापकिय क्षमता कमजोर देखिन्छ । यस्तो अवस्थामा सहकारी क्षेत्रमा समस्या त हुने होइन ?
नयाँ भएकाले कतै न कतै समस्या देखिएको छ । पछि पक्के पनि सुधार हुन्छ होला । सहकारी जस्तो बिषयको नियमन र उनीहरुको बृत्ति विकासका कुरामा ध्यान दिनका लागि पक्के पनि स्थानीय तहका सहकारी निकाय बलियो गराउनै पर्छ । अझ धेरै स्थानीय तहमा आफ्नै सहकारी ऐन आउन सकेको छैन । जतिसक्यो छिटो यो काम सम्पन्न गर्नुपर्छ ।