नेपाल सरकारले यही मङ्सिर ११ गते शुभारम्भ गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम श्रमिकको मौलिक हकको कार्यान्वयनको सिलसिलामा आएको कार्यक्रम भनिएको छ । यो योजना श्रमिकको हितमा भए पनि कार्यान्वयन हुनेमा कतिपयले आशङ्का पनि व्यक्त गरेका छन् । यो कार्यक्रम निजीस्तरबाट सञ्चालित उद्योग, प्रतिष्ठानप्रति लक्षित भएकाले यसको कार्यान्वयनमा सरकारले भनेजस्तो सजिलो भने नभएको श्रम विज्ञहरूले बताउँदै आएका छन् । कोषको प्रावधान अनुसार श्रमिकले न्युनतम तलबको ११ प्रतिशत योगदान गर्नुपर्ने र २० प्रतिशत रोजगारदाताले योगदान गर्नुपर्ने
छ । सामाजिक सुरक्षा कोषको सञ्चालक समितिमा रोजगारदाता, श्रमिकका प्रतिनिधि र सरकार रहने व्यवस्था छ । त्रिपक्षीय सहमतिमै यो कार्यक्रम बनेको र लागू भएको हो । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको मुख्य हिस्सेदार निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणासँग यो कार्यक्रम कार्यान्वयनको विषयमा गरिएको कुराकानी :सरकारले भर्खर घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई निजी क्षेत्रले कसरी लिएको छ ?
– योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई निजी क्षेत्रले सकारात्मक र श्रम बजारको सुधारको लागि महìवपूर्ण कदमको रूपमा लिएको छ । सामाजिक सुरक्षाको अवधारणा नेपालमा नौलो नै हो । आर्थिक तथा सामाजिक रूपमा सुरक्षा प्रदान गर्न साझा प्रयासमा सम्पादन गरिने कार्य नै सामाजिक सुरक्षा हो, जुन सामाजिक न्यायको अभिन्न अङ्गको रूपमा रहेको हुन्छ । सामाजिक संरक्षणका नाममा गरिरहेको कामलाई विस्तारित रूप दिने यो पहलले श्रमिकको जीवनको धेरै क्षेत्रमा जोखिम न्यूनीकरण गर्न विशेष सहुलियत र सहायता सुनिश्चित गर्दछ ।यसको कार्यान्वयनका लागि महासङ्घको भूमिका कस्तो छ ?
– श्रम लचकता र सामाजिक सुरक्षालाई सँंगसँगै लैजाने गरी श्रम ऐन र सामाजिक सुरक्षा ऐन ल्याउनुपर्दछ भन्ने विषयमा हामीले जोड दिएका हांैँ । अहिले यी दुवै ऐन कार्यान्वयनको चरणमा छन् । सामाजिक सुरक्षा प्रणाली हाम्रो सन्दर्भमा नयाँ व्यवस्था हो । हामीसँग विज्ञता र अनुभवको कमी छ । संस्थागत संरचनाको उचित व्यवस्थाका साथै सामाजिक सुरक्षा योजनाको कार्यान्वयन निकै चुनौतीपूर्ण छ । यसको कार्यान्वयनमा रोजगादाताको जिम्मेवारी भनेको योजनामा आफू सूचीकृत हुने, आफूसँग कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण गराउने र ऐनमा तोकिए बमोजिम नियमित रूपमा योगदान रकम जम्मा गर्ने हो । सूचीकरणको काम सुरू भइसकेको छ । निश्चित रूपमा रोजगारदाताले आफूले गर्नुपर्ने योगदान र श्रमिकको तर्फबाट गरिने योगदान पठाउने व्यवस्था हुन्छ नै । सञ्चय कोष, उपदान र अरू सामाजिक सुरक्षा योजना, जस्तै, विरामी तथा औषधि उपचार, मातृत्व सुरक्षा, दुर्घटना उपचार एवं अशक्त क्षतिपूर्ति, आश्रित परिवार सुविधा र अवकाश एवं पेन्सनका लागि रोजगारदाताले आधारभूत पारिश्रमिकको २० प्रतिशत योगदान गर्नुपर्ने कानूनी व्यवस्था भएकाले रोजगारदाताको भूमिका अति नै महìवपूर्ण छ ।कार्यान्वयनका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले कस्तो काम गर्दैछ ?
– सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा महत्वपूर्ण पक्ष भनेको यसबारे राम्रो जानकारी दिनु नै हो । हामीले नयाँ श्रम ऐन र सामाजिक सुरक्षा ऐन र योजनालाई विशेष महìव दिई बैठक एवं अन्तरक्रिया कार्यक्रमको माध्यमबाट जानकारी गराइरहेका छौँ । यसबारे देशव्यापी रूपमा राम्रो जानकारी दिन आवश्यक भएकाले निकट भविष्यमा नै सातवटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न गइरहेका छौँ ।रोजगार विज्ञहरूले सवै रोजगारदाता र श्रमिक आपूर्तिकर्ता सहमत नभएको तर्क दिँदै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गरेका छन् नि ?
– सहमत नभएकोभन्दा पनि धेरै रोजगारदाता र श्रमिकलाई सही र पर्याप्त जानकारी छैन । यस्तो स्थितिमा कार्यान्वयनमा चुनौती छ भन्नु स्वभाविक हो । नयाँ विषय र अभ्यास भएकाले शङ्का ÷उपशङ्का व्यक्त गरेका होलान् । यो प्रक्रियालाई व्यवस्थित गर्दै जाँदा त्यस्तो शङ्का÷उपशङ्काको सामना गर्नुपर्ने अवस्था रहन्छ । यसमा आशङ्का गरे पनि सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन हुनेमा कुनै द्विविधा छैन । कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ ।यसको पूर्ण कार्यान्वयनमा यहाँले के कस्ता चुनौती देख्नुभएको छ ?
– मैले अघि पनि भनेँ, सामाजिक सुरक्षा प्रणाली हाम्रा लागि नयाँ कार्यक्रम हो । यसका लागि हामीसँग पर्याप्त र दक्ष जनशक्ति चाहिन्छ । साथै संस्थागत संरचना र संयन्त्र बलियो हुनुपर्छ । ठूलो रकम जम्मा हुने कोष भएकाले त्यसको उचित परिचालन र योगदानकर्तालाई सरल तरिकाले सुविधा उपलव्ध गराउने कुरा निकै चुनौतिपूर्ण छ । निजी क्षेत्रमा कार्यरत २० लाखभन्दा बढी श्रमिक यसका योगदानकर्ता हुन् । त्यसैले योगदानको रकम व्यवस्थापनले सामाजिक सुरक्षा कोषमा रकम सङ्कलन, त्यस्तो रकमको सुरक्षित लगानी, योगदानकर्ता श्रमिकलाई सुविधा उपलव्ध गराउने विषयमा आवश्यक पूर्वाधारसहित निकै काम गर्नुपर्ने हुन्छ ।केही उद्योगी र व्यवसायीहरूले कोषको सही उपयोग हुनेमा आशङ्का गर्नु भएको छ नि ? त्यस्तो सम्भावना के कसरी
हुन्छ ?
– सामाजिक सुरक्षा कोषको व्यवस्थापन चुनौतीपूर्ण छ । किनभने यो सबैभन्दा ठूलो कोष हुने छ । कोषको रकम दुरूपयोग हुन्छ भन्ने धेरै आशङ्का अहिले नै नगरौँ । ऐन कानून अनुसार राम्रो व्यवस्थापन भयो भने त्यस्तो दुरूपयोग हुने अवस्था देखिँदैन । कोषको सञ्चालक समितिमा सरकारका साथै रोजगारदाता र श्रमिक (ट्रेड युनियन) को पनि प्रतिनिधिìव भएकाले कोषको रकम जथाभावी प्रयोग हुने स्थिति आयो भने खबरदारी हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ ।यस कार्यक्रमको कार्यान्वयनले उद्योगी व्यवसायीलाई के कस्तो फाइदा हुन्छ ?
– सामाजिक सुरक्षा योजना मुलतः श्रमिकको सुरक्षाका लागि गरिएको हो । बिरामी, दुर्घटना जस्ता भवितव्य पर्दा र सेवाबाट मुक्त भएको अवस्थामा जीवन निर्वाहका लागि सामाजिक सुरक्षा चाहिएको हो । अहिले सुरू भएको सामाजिक सुरक्षा प्रणालीले त्यस्तो प्रत्याभूति गरेको छ । अब श्रमिकहरूले निश्चित भएर काम गर्ने वातावरण बनेको छ । रोजगारदाताले त्यसका लागि २० प्रतिशत योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यो योजनाको कार्यान्वयनबाट असल औद्योगिक सम्बन्धको विकासको साथै श्रमिकलाई उत्पादकत्व वृद्धि गर्न उत्प्रेरित गर्ने हामीले विश्वास गरेका छौँ । यसका साथै श्रमिकको हितका लागि एकमुष्ठ योगदान गरेपछि अरू झन्झटबाट मुक्त भई उद्योगको व्यवस्थापनमा बढी समय दिन सकिन्छ भन्ने पनि हो ।यसको कार्यान्वयनले उद्योगी व्यवसायी र श्रमिकबीच असल श्रम सम्बन्ध हुन्छ भन्दै आउनुभएको छ, आधार के हुन् ?
– श्रमिकहरूले सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्छ, त्यस्तो व्यवस्था भयो भने हामी ढुक्क भएर काम गर्छौ र पटक–पटक समस्या खडा गर्दैनौँ भन्ने प्रतिबद्धता जनाएकाले हामीले श्रम ऐन कानूनको सुधारसँंगै सामाजिक सुरक्षा प्रणाली लागू गर्ने सहमतिका साथ अहिलेको अवस्थामा पुगेका हौँ । श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन २०७४ ले श्रमिकका धेरै समस्या र गुनासाहरूलाई सम्वोधन गरेको छ । हामी अब के कुरामा विश्वस्त छौँ भने हाम्रो सम्बन्ध थप सुदृढ र भरपर्दाे हुन्छ । यो हामी सबैको चाहना र अपेक्षा पनि हो । यो कुरालाई ट्रेड युनियन र श्रमिक वर्गले पनि राम्ररी मनन् गरिसकेका छन् ।औद्योगिक क्षेत्रको उत्पादकìव वृद्धिमा यसको सकारात्मक प्रभाव कसरी पर्छ ?
– सामाजिक सुरक्षा योजनाको कार्यान्वयनबाट श्रमिकलाई निश्चित भएर काम गर्ने अवस्था सिर्जना हुन्छ । अब श्रमिकले उद्योगको उत्पादकत्व बढाउन आफ्नो पूर्ण क्षमताको प्रयोग गर्नु पर्दछ । सामाजिक सुरक्षा योजनाले उत्पादनमैत्री वातावरण र कार्यजीवनमा नै सुधार ल्याउने भएकोले उत्पादकत्व बृद्धिको प्रसस्त संभावना छ र हुनुपर्छ पनि ।सामाजिक सुरक्षा कोषले सूचीकरण सुरू गरिसकेको छ, महासङ्घ अन्तर्गतका उद्योग व्यवसायिक प्रतिष्ठान कति सूचीकृत भए त ?
– गत मङ्सिर ६ गतेबाट सूचीकरण प्रकृया शुरू भएको छ । तीन महिनाको समय तोकिएको छ । अहिलेसम्म दुई सयभन्दा बढी प्रतिष्ठान सूचीकृत भइसकेका छन् । कानूनमा नै सबै उद्योग प्रतिष्ठान सूचीकृत हुनुपर्ने व्यवस्था भएकाले तोकिएको समयसीमासम्म सबै उद्योग प्रतिष्ठानहरू सूचीकृत भइसक्छन् । यसका लागि हामीले मातहतका सबै उद्योग प्रतिष्ठानलाई जानकारी गराइसकेका छौँ ।के यो सन्तोषजनक सूचीकरण हो ?
– मैले अघि पनि उल्लेख गरिसकेको छु, सामाजिक सुरक्षा योजना नयाँ व्यवस्था हो । धेरैलाई यसबारे राम्रो जानकारी भएको छैन । यसबारे जानकारी दिने काम पनि भइरहेकोले यसले निकै सहयोग पनि पुग्दछ । अहिले यो सूचीकरण सुरूआती अवस्था भएकाले सन्तोषजनक हो कि होइन भन्दा पनि यो सङ्ख्या केही दिनमा निकै बढ्छ । तपाईले चाँडै नै ठूलो सङ्ख्यामा सूचीकरण भएको सूचना प्राप्त गर्नुहुन्छ, ढुक्क हुनुहोस् ।गोरखापत्रका लागि सीता शर्माले नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष राणासंग लिनु भएको अन्र्तबार्ता गोरखापत्रको अनलाईन संस्करणबाट साभार गरिएको हो ।