विपन्न बिद्यार्थीलाई सहयोग


बाँके : पौरखी बहुउद्घेशिय सहकारी संस्थाले सामाजिक विकास मञ्चको युवासशक्तिकरण बुल्गारी परियोजना अन्तरगत नेपालगन्ज उपमहानगरपालिकाका बिभिन्न विद्यालय हरुमा अध्ययनरत ४० जना विपन्न गरिव सिमान्तकृत तथा आर्थिककारणले पढाइमा समस्या भएका बालबालिकाहरुलाई प्रति ब्यक्ति रु. २२०० का दरले छात्रबृत्ति सहयोग गरेको छ । संस्थाको कार्यालयमा नेपालगंज उमपा उप मेयर उमा थापा मगर को प्रमुख आथित्यमा सो सहयोग प्रदान गरेको हो ।
कार्यक्रम सहकारी संस्था अध्यक्ष हरी प्र्रशाद तिमिल्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका अन्य पदाधिकारीहरु लगायत समाजिक विकास मंच बाट कार्यक्रम संयोजक कृष्ण प्रशाद थारु र जिबिकोपार्जन अधिकृत भुपाल सिह बोहराको उपस्थिति थियो ।
सेभ द चिल्ड्रनको साझेदारीमा मञ्चले सन २०१६ देखि यो कार्यक्रम संचालनमा ल्याएका हो । सातवटा माध्यामिक विध्यालयलाई कार्य क्षत्र बनाएर यस परियोजना अन्तरगत उपचारात्मक, कक्षा जिवन उपयोगी सिप कक्षा, बालसमुह गठन पुनर्गठन, अतिरिक्त कृयाकलापमा सहयोग तथा विध्यार्थी नियमितताका लागि अन्य बालबालिका केद्रित कृयाकलापहरु गर्दै आएको छ ।
बितरण कार्यक्रममा बोल्दै नेपालगंज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले बालबालिकाहरुको शैक्षिक बिकासमा सहयोग पुग्ने आशा व्यक्त गरिन । साथै नगर को शिक्षामा समानता ल्याउनका लागि काम गरीरहेको जानकारी दिईन ।
विध्यार्थी नियमितताका लागी बालबालिकालाई हरेक बर्ष छात्रबृति उपलब्ध गराउदै आएको र यसबाट विध्यार्थी नियमिततामा सहयोग पुगिरहेको सहकारी संस्था अध्यक्ष हरी प्र्रशाद तिमिल्सिना बताए ।
सामाजिक बिकास मंचका जिबिकोपार्जन अधिकृत भुपाल सिह बोहराका अनुसार सामाजिक बिकास मंच र पौरख बहुउद्घेशिय सहकारी संस्थाले युवा सशक्तिकरण वुलगारी परियोजना अन्तर्गत युवा लक्षित घुम्ति कोष र बाल अनुदान कोष खडा गरी युवा र बालबालिका हरु लाई सहयोग गरीरहेको बताए ।

प्रकाशित मितिः     २८ मंसिर २०७५, शुक्रबार ०९:००  |